Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरद्वारा वीरगञ्जको विभिन्न होटलहरुमा अनुगमन, म्याद गुज्रेका सामानहरू जफत गरी नष्ट 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज , १५ असोज । वीरगञ्ज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिको अनुगमन टोलीले वीरगञ्जस्थित आदर्शनगरका एरिया को विभिन्न होटलहरुमा अनुगमन गरेको छ । अहिले चार्डपर्वको समय मा कालो बजारी तथा चाडपर्वमा हुन सक्ने मुल्यवृद्धि, उपभोग्य म्याद गुज्रेका खाद्य सामाग्रीहरुको किनबेच, लेवल स्पष्ट नभएका खाद्य सामाग्रीहरुको किनबेच हुन नदिन बजार ब्यवस्थापन तथा अनुगमन बढाइएको हो । यसै क्रममा आज विभिन पसल लगायत होटेलहरु मा अनुगमन गरी बिभिन्न किसिमका म्याद गुज्रेका सामानहरू जफत गरी नष्ट गरिएको छ।

त्यस्तै वीरगञ्जको वडा नं १० आदर्शनगर स्थित माल्ट रेस्टुरेन्ट होटललाई २५०० जरिवाना गरिएको छ । उक्त होटेल ले धेरै चोटि प्रयोग गरिएको तेल पुर्ण प्रयोग गरेको , आलु फ्राइ लाई न्युज पाना मा ग्राहक लाई दिएको तथा टमाटो केचप मा लेवल नभएको भेटिए पछि जुर्माना गरिएको छ ।

त्यस्तै  वीरगञ्जको चिकेन स्टेसन होटेल , होटेल अन एलेभेन , होटेल पुजन , होटेल कोन्टृइ इन लगायत होटेलहरु लाई अनुगम को क्रममा विभिन्न त्रुटी देखिएको कारण ले गर्दा जरिवाना गर्नुका साथै अब देखि अखाद्य बस्तु बिक्री बितरण गरेको पाइएमा आउने दिनमा कडा कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

अनुगममा वीरगञ्ज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीको सयोजक उप-मेयर इम्तियाज आलम लगायत विभिन्न निकायका प्रतिनिधिहरु , वीरगञ्ज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि आनन्द गुप्ता,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव,जिल्ला शस्शत्र कार्यालय पर्साका प्रतिनिधि कमलेशराज पुरी, पत्रकार राहुल गुप्ता,घरेलु सरिता खडका,ख.गु.का.का बिक्की राउत,होटल संघका अध्यक्ष हरि पन्तको उपस्तिथि रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन १५,सोमबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद