Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेजमा आयोजित कार्यक्रममा ३३ महिलासहित १५७ जनाले गरे रगतदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

• जोतीलाल पंडित

वीरगञ्ज । वीरगञ्जमा शुक्रबार कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेशनल मेडिकल कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३३ महिलासहित १५७ जनाले रगतदान गरेको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए ।

नेशनल मेडिकल कलेजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सर्वसाधारण नागरिक, कलेजमा अध्ययनरत विद्यार्थी , चिकित्सक र सहकारी संस्थाका कर्मचारीहरूले रगतदान गरेका हुन् ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीले अमूल्य जीवन बचाउन रक्तदान कार्यक्रममा सहभागी भई रगतदान गर्नेहरुलाई धन्यवाद दिए । रक्तदान एउटा निःस्वार्थ समाज सेवा रहेको भन्दै उनले यसले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने र मनमा ठूलो सन्तुष्टि दिनेपनि बताए ।

रक्तदान कार्यक्रममा कोहिनुर बचत तथा ऋण सहकारी संस्थाका महासचिव तथा नेशनल मेडिकल कलेजका मार्केटिङ डाइरेक्टर सहनवाज अंसारी , नेशनल मेडिकल कलेजका एडमिसन डाइरेक्टर आबिद हुसेन अन्सारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहान अंसारी , हस्पिटलका डाइरेक्टर डा. इसरत जहान अंसारी , भ्वाइस प्रिन्सिपल रवि शंकर गुप्ता लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद