Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज : ग्रिन सिटी र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिद्वारा वृक्षारोपण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज महानगरपालिका र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसँगको सहकार्यमा वीरगञ्जमा शुक्रवार वृक्षारोपण कार्यक्रम गरेको छ ।

कार्यक्रममा वीरगञ्ज – ४ बिर्ताको गणेशमान चोकदेखि जेल रोड हुँदै बिर्ता बजार जाने बाटोसम्म विभिन्न उन्नत जातका बिरुवाहरू रोपिएको छ ।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्व र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्ययतामा आयोजित कार्यक्रममा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा म्यागोसितिकको एक सय २० वटा , बेलपत्रको ५० वटा र कलकीको ३० वटा गरी कूल दुई सय बिरुवाहरू रोपिएको केन्द्रका अध्यक्ष खेतानले जानकारी दिए ।

सो अवसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर वीरगञ्जका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किसन कर्मचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंह, श्री जङ्ग गण वीरगञ्ज पर्साका सेनानी पूर्ण बहादुर चन्द, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका श्याम बाबु लोपचन, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) भास्कर खतिवडा, सामुदायिक आँखा अस्पताल वीरगञ्जका प्रमुख महेश सिंह धामी, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीप राज कार्की, राष्ट्रिय मानव अधिकार तथा भन्ता चार नेपालका प्रतिनिधि सुनिल चौधरी, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष सञ्जय शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका प्रमुख ग्यादुदिन मियाँ ठकुराई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका सचिव रतन टेमानी, सदस्यहरू चन्द्र अग्रवाल, त्रिलोचन दारुका, राकेश अग्रवाल, सर्फुदीन मियाँ, सुशील काद्मियालगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद