Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साहिब बाबाको अवतरण दिवसमा वृक्षरोपण र स्वास्थ्य शिविरको आयोजना  ( फोटो सहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगञ्जमा विरुवा रोपिएको छ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको साहिब दरबारका जग्गामा विरुवा रोपिएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विरुवा रोप्दै वातावरण संरक्षणसँगै वीरगञ्जलाई हराभरा बनाउनका लागि सबैले खाली ठाउँमा विरुवा रोप्नुपर्ने बताए । उनले आफ्नै कार्यकालमा महानगरलाई हराभरा र सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । साहिब बाबाको सन्देशलाई आत्मसाथ गर्नुपर्ने र समाजमा शान्त र भाइचारा बढाउनुपर्ने महानगर प्रमुख सिंहको भनाई छ । पछिल्लो समयमा धार्मिक साम्प्रदायिकता भड्काउने र उच्छृंखल गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक सहिष्णुता र सद्भावलाई कायम राख्नुपर्ने आवश्यक्ता औँल्याए ।

सो अवसरमा कटहर, निम्बु, मलेसियन, काउली बदाम, रोयल पाम लगायतका विभिन्न प्रजातीका विरुवा रोपिएको साहिब दरबार संस्थानका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । विरुवा रोपेर साहिब बाबाको अवतरण दिवस मनाइएको संस्थानका अध्यक्ष सहनीले बताए ।

जसपाका नेता प्रेमबाबु पटेल, महिला नेतृ रमिता माया गुप्ता, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, प्रेरणा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच साहिब दरबारको आयोजनामा वीरगञ्जमा स्त्री तथा प्रसुती रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । बुधवारदेखि वीरगञ्जको घण्टाघरस्थित डा. श्वेता गुप्ताको क्लिनिकमा सुरु भएको स्वास्थ्य शिविर शुक्रवार समापन हुँदैछ । दुई दिनसम्म चलेको शिविरमा अहिलेसम्म १ सय भन्दा धेरैले चेकजाँच गराइसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद