Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साहिब बाबाको अवतरण दिवसमा वृक्षरोपण र स्वास्थ्य शिविरको आयोजना  ( फोटो सहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगञ्जमा विरुवा रोपिएको छ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको साहिब दरबारका जग्गामा विरुवा रोपिएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विरुवा रोप्दै वातावरण संरक्षणसँगै वीरगञ्जलाई हराभरा बनाउनका लागि सबैले खाली ठाउँमा विरुवा रोप्नुपर्ने बताए । उनले आफ्नै कार्यकालमा महानगरलाई हराभरा र सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । साहिब बाबाको सन्देशलाई आत्मसाथ गर्नुपर्ने र समाजमा शान्त र भाइचारा बढाउनुपर्ने महानगर प्रमुख सिंहको भनाई छ । पछिल्लो समयमा धार्मिक साम्प्रदायिकता भड्काउने र उच्छृंखल गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक सहिष्णुता र सद्भावलाई कायम राख्नुपर्ने आवश्यक्ता औँल्याए ।

सो अवसरमा कटहर, निम्बु, मलेसियन, काउली बदाम, रोयल पाम लगायतका विभिन्न प्रजातीका विरुवा रोपिएको साहिब दरबार संस्थानका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । विरुवा रोपेर साहिब बाबाको अवतरण दिवस मनाइएको संस्थानका अध्यक्ष सहनीले बताए ।

जसपाका नेता प्रेमबाबु पटेल, महिला नेतृ रमिता माया गुप्ता, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, प्रेरणा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच साहिब दरबारको आयोजनामा वीरगञ्जमा स्त्री तथा प्रसुती रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । बुधवारदेखि वीरगञ्जको घण्टाघरस्थित डा. श्वेता गुप्ताको क्लिनिकमा सुरु भएको स्वास्थ्य शिविर शुक्रवार समापन हुँदैछ । दुई दिनसम्म चलेको शिविरमा अहिलेसम्म १ सय भन्दा धेरैले चेकजाँच गराइसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद