Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा गोली प्रहार गरी भारतीय युवकको हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । गोली प्रहार गरी बारामा एक भारतीय युवकको हत्या भएको छ। मंगलबार साँझ सवा ६ बजेको समयमा गोली प्रहार गरी हत्या गरिएकाे हाे।

हत्या हुनेमा माेतिहारी जिल्लाकाे दर्पा थाना-१, सुक्लहिया गाँउ बस्ने वर्ष २२ का अजितकुमार सिंह रहेका छन्।

नेपाल-भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका-६ लक्ष्मिनियास्थित पोखरी नजिकै मोटरसाइकलमा आएका चारजना भारतीय नागरिकले नै उनको हत्या गरेका हुन्।

मृतक सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ का सुजितकुमार सिंह, सोही स्थानका वर्ष २४ का चञ्चल पान्डे, वर्ष २२ का मनिष कुमार सहनी र वर्ष २० का कामेश्वर सहनी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए।

पोखरी नजिक पुगेपश्चात सँगै एउटै बाइकमा पछाडि बसेका सुजितकुमार सिंहले मृतक सिंहलाई पछाडिबाट गोली प्रहार गरी सोही मोटरसाइकलमा भारततर्फ भागेर गएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको उनले बताए।

घटनास्थलको प्रारम्भिक अनुसन्धानपश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएकाे तथा थप अनुसन्धानको भइरहेको न्यौपानेले बताए।

मंगलबार बिहान पनि पचरौता नगरपालिकास्थित नेपाल-भारत सिमाना नजिकै पचरौता नगरपालिका-१ बस्ने ३३ वर्षका पूर्व सशस्त्र प्रहरी जवा अमरेश सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। सभार : देश सञ्चार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन १०,बुधबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद