वीरगञ्ज । धारिलो हतियार प्रहार गरी बाराको पचरौता नगरपालिकामा एक युवकको हत्या भएको छ। पचरौता नगरपालिका– १ टोल पिपरपाती बस्ने ३३ वर्षीय अमरेश सिहको हत्या भएको हो।
सोमबार बिहान साढे १२ बजे सिंह नेपाल भारत–सिमा नजिकै मृत फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखेको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
सिंहको टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको उनले बताए। साथै सिंहको हत्या भएको आशंकामा सोधपुछका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको न्यौपानेले बताए। सभार : देश सञ्चार
आफ्नो प्रतिक्रिया दिनुहोस



