Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज मनियारीस्थित खेतबाट ९ हजार पिस लागु औषध बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीस्थित खेतमा ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेको लागु औषध बरामद भएको छ ।

मनियारीस्थित देवेन्द्र यादवको खाली खेतमा ८ हजार ९१५ पिस लागु औषध बेवारिसे अवस्थामा बरामद भएको हो । दुई वटा बोरामा रहेको डाइजेपाम २ हजार ३३५ थान , नुर्फिन ३ हजार १६९ थान र फेनरागन ३ हजार ४११ थान गरी कूल ८ हजार ९१५ थान लागु औषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

शाहका अनुसार , स्थानीयले दिएको सूचना अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक धर्मजंग थिङको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको खाली रहेको खेतमा पुगेर बेवारिसे अअवस्थामा रहेको उक्त लागु औषध बरामद गरेको हो ।

बरामद लागु औषधको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए । सभार : मधेश खबर

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन ७,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद