Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको यातायात कार्यालयमा श्रम तथा यातायातमन्त्री सिँहद्वारा अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

•जोतीलाल पंडित

वीरगञ्ज । मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयको आकस्मिक अनुगमन गरेका छन् । शुक्रवार दिउँसो यातायात व्यवस्था कार्यालयमा पुगेर मन्त्री सिंहले आकस्मिक अनुगमन गरेकाे छन् ।

कार्यालयको अनुगमन गर्दै उनले कार्यालयलाई डिजिटलाईजेशन बनाईने बताएका छन । यातायात कार्यालयको लाईसेन्स र सवारी शाखा दुबै कार्यालयको अनगुमन गर्दै मन्त्री सिँहले कार्यालयमा भएका फाईलहरुको अवस्था दयनिय भएको बताए । उनले चाँडै नै यातायात कार्यालय वीरगञ्जको लागि नयाँ भवना बनाईने बताए । वीरगञजमै कार्यालयको लागि जग्गा खोजिसकिएको तथा त्यहाँ ताराबार लगाउने कार्यसमेत गरिसकिएकोले भवन पनि चाँडै निर्माण हुने जिकरि गरे ।

मन्त्री सिँहले प्रदेश सरकारले छिटै नै बजेटको ब्यावस्था गरेर स्मार्ट कार्ड छपाई तथा बितरणको कार्य गर्ने बताउदै त्यसका लागि ३० करोड रकम छुटयाइएको जानकारी दिए । उनले प्रदेशले आफैले स्मार्ट छाप्ने मेशिन र बितरणको प्रक्रिया शुरु गर्न गईरहेको पनि बताए ।

सेवाग्राहीहरुको काम छिटो छरितो होस भनेर प्रदेश सरकारले आठवटै जिल्लामा यातायात कार्यालयका शाखा खोलेर काम अघि बढाएको मन्त्री सिँहको भनाई थियो । अनगुमनको क्रममा कार्यालयका कर्मचारीले बितेको र चालु आर्थिक बर्षमा प्रदान गरेको सेवा र उठाएको राजश्वको बारेमा मन्त्री सिँहलाई जानकारी गराएका थिए ।

त्यसक्रममा मन्त्री सिंहले सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएपनि सेवाग्राहीले सास्ती भोग्दै आएको व्यापक गुनासो आईरहेकाले यसतर्फ ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।

अनुगमनमै रहेका बेला मन्त्री सिंहसँग सेवाग्राहीहरुले यातायात कार्यालयको बेथिति र सास्ती बारे गुनासो गरेका थिए ।

अनुगमनका क्रममा मन्त्री सिंहसंगै जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंह, जिल्ला संयोजक ओमप्रकाश सर्राफ, महानगर युवा अध्यक्ष संजय सिंह लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० आश्विन ६,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० आश्विन ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद