Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रपति भएपछि पहिलोपटक गृह जिल्ला जाँदै पौडैल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ५,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भोली शनिवार गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलो पटक गृह जिल्ला भ्रमणको जान लागेका हुन् ।

बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले सदरमुकाम दमौलीको बिपी वन वाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले जानकारी दिए।

जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे गर्ने तय भएको छ । ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो रहेको मानिएको छ ।

राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उनकै पहलबाट सङ्घीय सरकारको रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल निर्माण भएकेा समन्वय प्रमुख वाग्लेले जानकारी दिए ।

कोइरालाले २०३६ साल असोज ६ गते बेल चौतारीबाट जनसभालाई सम्बोधन गरेको स्मरणमा बिपी वन वाटिका निर्माण गरिएको सोही ठाउँमा बिपीको सालिक राखिएको जननायक बिपी कोइराला स्मृति ट्रस्टका महासचिव तथा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिए ।

बिपीको सालिक तथा त्यस वरपरको संरचना १५ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । सभार : नेपाल भ्यू

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन ५,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद