Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुन्छ : मेयर सिंह 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ४,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ४ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले लक्ष्मणवामा रहेको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउन गुरु योजना बनाएर काम अघि बढाएको बताउनुभएको छ ।

डीपीआर निर्माणको काम सकिएको बताउँदै उहाँले यही छठ पर्व पछि पार्कलाई थप सुन्दर बनाउने गरि निर्माणको काम सुरु गरिने बताउनुभएको हो ।

ज्येष्ठ नागरिक संघको ११ औँ साधारणसभा एवं विश्व अल्जाइमर्स दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बोल्ने भन्दा पनि काम गरेर देखाउने गरि आफू लागि परेको बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघका निवर्तमान अध्यक्ष समेत रहनु भएका वरिष्ठ पत्रकार जगदिश शर्माले महानगरले ज्येष्ठ नागरिक संघका लागि गरेको सहयोगको प्रशंसा गर्नुहुँदै आउँदा दिनमा पनि सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राजेशमान सिंहको नेतृत्वमा रहेको महानगरले अहिले वीरगंज बनाउन विभिन्न योजनामा काम गरिरहेको भन्दै महानगरले गरेका राम्रा काममा सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डा.श्यामसुन्दर दासले अल्जाइमर्सका बारेमा जानकारी दिनुभएको थियो ।

संघका अध्यक्ष श्याम शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण विनयराज गौतमले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० आश्विन ४,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० आश्विन ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद