Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरभित्रको ग्रामिण क्षेत्रको विकास मेरो प्राथमिकतामा छ : नगर प्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ४,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ४ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरभित्रको ग्रामिण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको रहेको बताउनुभएको छ ।

बिहीबार वडा नं. ३० का स्थानीयहरुसँग लालपर्सामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले महानगरको ग्रामिण क्षेत्रको विकासका लागि बजेट छुट्याएर काम अघि बढाएको बताउनुभएको हो ।

प्राविधिक टोली सहित गाउँ पुग्नु भएका मेयर सिंहले स्थानीयले राखेका समस्या सम्बोधन गर्दै लालपर्सामा वर्षाका बेला हुने डुबान अन्त्य गर्न तत्काल पानी निकास हुने गरि आवश्यक स्थानहरुको पहिचान गरि कल्भर्ट निर्माण गराउने प्रतिबद्धता जनाउनुभयो ।

लालपर्सामा वर्षाका बेला भेडाहा खोलाको पानी निकास नहुँदा हरेक वर्ष डुबान हुने गरेको छ । महानगर प्रमुख सिंहले प्राविधिक टोलीलाई डुबान क्षेत्र देखाउँदै पानी निकासका लागि आवश्यक ब्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

यस्तै मेयर सिंहले ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक अवस्था मजबुत बनाउन सीपमुलक कार्यक्रम संचालन गर्दै महिलाहरुले उत्पादन गरेका सामानको बजारिकरणको व्यवस्था महानगरले मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै लालपर्सामा रहेको विद्यालयको भौतिक संरचना निर्माणको काम यसै आ.व.बाट सुरुवात हुने जानकारी दिँदै उहाँले विद्यालयको पठन पाठन चुस्त बनाउन शिक्षकको व्यवस्था मिलाउने पनि बताउनुभयो ।

वडा नं. ३० का वडाअध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको भेलामा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन ४,बिहीबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद