Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा म्याद उल्लेख नभएका श्रृंगार सामग्री बेच्ने पसललाई जरिवाना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । वीरगञ्जमा म्याद उल्लेख नभएका सौन्दर्य सामाग्री बिक्री वितरण हुँदै आएको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालयले मंगलबार गरेको बजार अनुगमनको क्रममा म्याद उल्लेख नभएका सौन्दर्य सामग्री भेटिएको हो।

वीरगञ्ज महानगरपालिकाको रेशमकोठी टोलमा विभिन्न ब्राण्डका अनुहारमा लगाउने क्रिमहरु टोलीले बरामद गरेको हो। श्रृंगार सामाग्रीहरुको बिक्री वितरण भइरहेको पसलबाट म्याद नै उल्लेख नभएको क्रिम भेटिएको उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले जानकारी दिए।

रेशमकोठीस्थित श्रृंगार महल नामक पसलमा भेटिएको उक्त क्रिमका बट्टा भने नभएको उनले बताए। पसलेले म्याद गुज्रिएपछि उपभोक्ताले थाहा नपाओस् भनेर ती सौन्दर्यका सामानहरुको बट्टा फालिदिने गरेको भुजेलको भनाइ छ। बरामद भएका सामान नष्ट गरिएको छ।

अनुगमनको क्रममा पसलहरुलाई नगद जरिवानासमेत गरिएको छ। जसमध्ये श्री श्याम भण्डार,चाबोसती मार्केटिङलाई जनही पाँच–पाँच हजार जरिवाना गरिएको वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए। सभार : देशसञ्चार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन ३,बुधबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद