Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माटो पेलेर तेल निस्किदैन, नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउछु : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज २ असोज । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले माटो पेलेर तेल ननिस्कने बताउदै नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउने अभियानमा आफू जुटेको बताउनु भएको छ ।

रेडियो बीरगंज तथा टिभी बीरगजको जनता जानेके चाहता कार्यक्रममा नगर प्रमुख सिंहले अबको ३ बर्ष ९ महिना भित्रै नमुना वीरगंज होईन, बैभव वीरगंज बन्ने दावी गर्नु भयो ।

उहाँले गाउँ नपस्नेहरुले गाउँको विकास भएन भनेर सामाजिक संजाल लगायतका भित्ताहरु रंग्याउने गरेको बताउदै त्यस्ता व्यक्तिलाई वीरगंज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म पस्न आग्रह गर्नुभयो ।

महानगरपालिकाको ग्रामिण क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर आफू अगाडी बढेको बताउदै नगर प्रमुख सिंहले आफ्नो कार्यकालमा भ्रष्टाचार र अनियमिता भयो भन्नेहरुलाई अख्तियार बोलाएर अनुसन्धानका लागि फाईल लैजान चुनौती दिनुभयो ।

उहाँले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका सम्पूर्ण फाईलहरु र निवर्तमान मेयर विजय सरावगीको कार्यकालको फाईलहरु पनि अख्तियारमा लगेर परिक्षण गर्न चुनौती दिदै जसले भ्रष्टाचार गरेको छ त्यसलाई कारवाही हुनु पर्छ भन्नु भयो ।

नगर प्रमुख सिंहले हाल दैनिक ज्यालादारी र डोर हाजिरमा कार्यरत ४ सय ९० जना कर्मचारी हटाईएको बताउदै ३२ वडामा वडा अध्यक्षले ५/५ जना सफाई कर्मी, १ जना ड्राईभर, १ जना कम्प्यूटर अपरेटर र १ जना कार्यालय सहयोगी गरी २ सय ५६ जना नियुक्त गरेको बताउदै आफूले कसैको दवावमा कर्मचारी नियुक्ती नगरेको र अहिले कर्मचारी हटाउँदा सबै भन्दा बढी प्रभाव नगर प्रहरी र दमकलमा परेको बताउनु भयो ।

वीरगंज महानगरपालिकामा हाल कर्मचारी हटेसँगै ३२ जना नगर प्रहरी र ६ जना फायर मैन मात्रै रहेको बताउँदै यसले महानगर चलाउन कठिन भए पनि आफूहरुले प्रयास गरी रहेको बताउनु भयो ।

नगर प्रमुख सिंहले विपक्षी तथा वीरगंजका २/४ जना पत्रकारले आफूलाई आरोप लगाउदै आएको बताउदै आरोपले आफू उल्टै मजबुद हुने र उर्जा प्राप्त हुने दावी गर्नुभयो ।

उहाँले आफू कहिल्यै पछाडी फर्केर नहेर्ने बताउदै आफू व्यापारी नभई जनताको सेवक रहेको बताउनु भयो ।

नगर प्रमुख सिंहले महानगरका ३२ वडामा फोहोर उठाउने ट्याक्टर नभएको अवस्थामा रकम जुटाएर ट्याक्टर खरिद गरिएको बेला त्यसैलाई भ्रष्टाचार भन्ने पूर्व व्यापारी मेयरले नाफा घाटा हेरेको बताउँदै जनताको सेवकले जनताको दुःख मात्रै हेर्ने दावी गर्नु भयो ।

वीरगंजको विकास सँगै शिक्षा, स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाउदै आफू अगाडी बढी रहेको बताउदै नगर प्रमुख सिंहले नारायणी अस्पताल सहितका वीरगंजका अस्पतालहरुको सुधारमा महानगरपालिका लागेको बताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रका माफियातन्त्रलाई  जरै देखि उखेल्न आफू लागि परेको बताउदै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य र  शिक्षाको व्यवस्थापनमा महानगर जुटि रहेको खुलासा गर्नुभयो ।

नगर प्रमुख सिंहले नगर क्षेत्रको व्यापार, व्यवसाय, कलकारखानाको लागत निकालेर व्यवसायीसँग कर लिने, घरवहाल करलाई व्यवस्थित गर्ने अभियानमा महानगर जुटि रहेको बताउदै गत आर्थिक बर्ष २०७८/७९ भन्दा २०७९/८० मा ६ करोड बढी राजस्व उठाएको दावी गर्नु भयो ।

बैभव वीरगंज अभियान अन्तरगत नगरको सौन्दर्यकरण, सरसफाई, धार्मिक क्षेत्रको संरक्षण, सम्वर्द्धन, ढलनलको व्यवस्थापनमा महानगरपालिका रात दिन जुटेको बताउदै उहाँले महानगरमा आएका ग्रामिण वडाहरुको वृहत्तर विकासका लागि करोडौको बजेटका योजनाहरु केही संचालनमा आएको र केही आउने अवस्थामा रहेको जानकारी पनि दिनुभयो ।

उहाँले रामजानकी मन्दिरको जग्गामा बाटो नबन्ने दावी गर्दै हल्ला र हावाका पछाडी नलाग्न आग्रह गर्नु भयो ।  नगर प्रमुख सिंहले पुरानो बसपार्कको सटरमा के राखिन्छ डेढ महिना पछि हेर्नका लागि प्रतिक्षा गर्न नगरवासीलाई आग्रह गर्दै वीरगंजवासीको साथ सहयोगले मात्रै बैभव वीरगंजको लक्ष्य हासिल हुने दावी गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० आश्विन २,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० आश्विन २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद