Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एसपी शाहको ९ महिना : ४४ करोडको राजश्व दाखीला, ९ सय ४९ जना फरार प्रतिवादी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ३१,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले गएको ९ महिनाको अन्तरालमा ४४ करोड ९३ लाख ६२ हजार २ सय १० रुपैया बराबरको भन्सार छलीको मालसमान बरामद गरी भन्सार राजश्व दाखीला गरेको छ ।

२०७९ पुष मसान्त देखी २०८० भदौ मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय पर्साले आईसिपी हुदै निस्केको बिल विजक भन्दा बढी माल वस्तु तथा खाद्यान्य समान बोकेको २७ वटा ट्रक तथा अन्य साना सवारी साधन नियन्त्रणमा लिएर राजश्व अनुशनधान कार्यालय पथलैया बारामा कार्वाहीको लागी बुझाएको छ ।

यसैगरी वीरगञ्ज आसपासको खुला नाकाबाट भन्सार चोरी पैठारी गरि नेपाल तर्फ भित्रयाउदा बरामद समानहरु हार्डवेयर, मोटर पार्टस, गाडीको पार्टपुर्जा, लता कपडा,धान गहु, सौन्दर्य प्रसाधनका समाग्री तथा किराना खाध्य वस्तु लगाएतका समानहरु वीरगञ्ज भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ ।

पर्साको खुला सिमा नाकाको फाईदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाई गर्न कुनै कसर बाकी नराखेको पर्साका प्रहरी उपरिक्षक कोमल विक्रम शाह बताउछन । उनले मुख्य नाका तथा अन्य खुला सिमा नाकाहरुमा प्रहरीको बाकलो उपस्थीतीले गर्दा चोरी निकासीमा कडाई हुने गरेको छ तर छेउ छाउबाट लुकी चोरी हुने गरेको भन्सार चोरी निकासी नियन्त्रण गर्न पनि प्रयासरत रहेको दावी गरे ।

९ सय ४९ जना फरार प्रतिवादी पक्राउ

अदालतको फैशला कार्यान्वयन तर्फ पर्सा प्रहरीले ९ महिनामा ९ सय ४९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानीत अदालत समक्ष बुझाएको छ ।

सम्मानीत जिल्ला अदालत बाट मुद्धा फैशला भई फरार रहदै आएका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी युनीटहरुको सहयोगमा पर्साको विभिन्न ठाउहरुबाट पक्राउ गरेर कार्यवाही प्रक्रिया अगाडी बढाइएको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।

जसमध्ये जघन्य तथा घम्भीर प्रकृतीका अपराध मुद्धा, किर्ते, जालसाजी, कुटपिट, जुवा, सार्वजनिक अपराध लगाएतका रहेका छन ।

लागुऔषध सहित ४ सय २८ पुरुष र १५ महिला पक्राउ 

प्रहरीका लागी अर्को चुनौती भनेको खुला सिमाको कारण हुने लागु औषधको ओसार पसार तथा विक्रि वितरण भएको प्रहरी उपरिक्षक शाह बताउछन । नेपाल बाट भारत तर्फ जाने गाँजा र चरेश तथा भारत बाट नेपाल तर्फ आउने नशालु टयाबलेट, कोरेक्स बोतल, एमपुल लगाएतका नेपालमा प्रतिबन्धीत लागुऔषध सहित वर्षेनी सयौ पक्राउ पर्ने गरेका छन ।

यस अवधिमा प्रहरीले १२ सय ७३ किलो गाजा र १ सय ३ किलो चरेश बरामद गरेको छ । हिरोइन ५८ ग्राम, फेनार्गन ८ हजार ९९ एम्पुल, डाईजी ल्याब १० हजार ८ सय ८१ एम्पुल, नुर्फीन १ हजार २ सय ४० एम्पुल, नाइट्रो भ्याट २८ हजार ७ सय ४३ गोटा र कोरेक्स ३ हजार ६ सय ६० बोतल बरामद गरेको छ भने उक्त कसुरमा ४ सय २८ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरी लागुऔषध मुद्धा दर्ता गरेर कार्वाही प्रक्रिया बढाएको छ ।

युवा युवतीलाई लागुऔषधको कुलतबाट बच्न् बचाउन प्रहरीले स्कुल कलेजहरुमा बेला बेलामा लागुऔषध सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिदै आएको प्रहरी उपरिक्षक शाहले बताए ।

वीरगञ्ज महानगर तथा अन्य क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन तथा गलत गतिविधिलाई नियन्त्रण गर्न सिसीटिभी क्यामरा मार्फत समेत निगरानी बढाइएको प्रहरी उपरिक्षक शाह बताउछन ।

दिनहु हुने मोटरसाईकल चोरीका घटनामा कमी ल्याउन सिसीटिभी क्यामेरा मार्फत चोर समुहको पहिचान गरेर मोटरसाईकल समेत फिर्ता ल्याउने काम भएको बताए । ३३ वटा गिरोह बाट ४४ जना चोरलाई पक्राउ गरेर ३६ वटा मोटरसाईकल बरामद गरि सम्बन्धीत धनीलाई बुझाइएको पर्सा प्रहरीको तथ्यांकले देखाउछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० भाद्र ३१,आईतवार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० भाद्र ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद