वीरगञ्ज, ३० भदौ । चिकित्सकलाई कुटपिट गरेको विरोधमा आन्दोलनरत चिकित्सक संघले भोलीदेखि थप आन्दोलन चर्काउने भएका छन् ।
हेटौडाको सञ्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कार्यस्थलमा नै कुटपिट गरेको भन्दै नेपाल चिकित्सक संघले देशभर आन्दोलनको घोषणा गरेको हो ।
संघकै नेतृत्वमा भोली भदौ ३१ गते आईतबारदेखि सरकारी निजी अस्पतालका आकस्मिक सेवा बाहेकका सेवाहरू बन्द हुने नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डाक्टर नीरज सिंहले जानकारी दिनुभयो ।
चिकित्सक, स्वास्थ्यकर्मीहरू सबै आन्दोलनमा उत्रिएकोले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि आकस्मिक सेवा भने जारी रहने डाक्टर सिंहले बताउनुभयो । सरकारले दोषीलाई कारवाही नगरेसम्म आन्दोलन नरोकिने उहाले बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



