Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

डेंगी संक्रमण नियन्त्रणका लागि सबैसँग हातेमालो गर्दै वीरगञ्ज महानगर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २९ भदौ । वीरगञ्ज र आसपासका क्षेत्रमा डेंगीको संक्रमण फैलन थालेपछि महानगरपालिकाले डेंगु संक्रमण फैलाउने लामुखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा ‘खोज र नष्ट गर’ अभियन नै चलाइरहेको छ ।

पछिल्लो केही दिन यता यहाँका अस्पतालहरुमा डेंगीका विरामीको संख्या बढ्दै गए पछि महानगरले विशेष अभियान नै चलाएको हो ।

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बैठक बसेर डेंगी संक्रमण नियन्त्रणका लागि वडा स्तरीय सचेतना कार्यक्रम संचालन गर्नुका साथै ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता र डेंगी जाँच किटको व्यवस्था गर्ने बारे छलफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले डेंगी संक्रमण नियन्त्रणका लागि महानगरले थालेको कदम सह्रानीय रहेको भन्दै यसमा सबै तह र तप्काको साथ रहनु पर्नेमा जोड दिनुभयो ।

‘डेंगी समस्याको रुपमा फैलन नदिन पहिल्यै चनाखो भएर सबैले हातेमालो गरेर आवश्यक सतर्कता अपनाऔँ,’ उहाँले भन्नुभयो, ‘बेलैमा संक्रमण नियन्त्रणमा ल्याउन नसकिए भयावह स्थिति सिर्जना गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी रेग्मीले आफू मातहतका सबै कार्यालयलाई डेंगी संक्रमण नियन्त्रणमा हातेमालो गर्न निर्देशन दिँदै टोलटोलबाटै संक्रमण नियन्त्रणका लागि सबै जाग्नु पर्ने बताउनुभयो ।

महानगरको स्वास्थ्य, सरसफाई शाखा र नगर प्रहरी समेतको टोली हरेक दिन वीरगञ्जको विभिन्न स्थानमा पुगेर लामखुट्टेको वासस्थानको खोज्दै लार्भा नस्ट गर्दै आइरहेको छ ।

शुक्रबारको बैठकमा महानगरका स्वास्थ्य शाखा प्रमुख अनिल यादवले डेंगु संक्रमणको अहिलेसम्मको अवस्था र यसको नियन्त्रणमा महानगरले गरिरहेको अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।

महानगरको सभाहलमा बसेको बैठकमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत भागिरथ चौधरी, नारायणी अस्पतालका प्रवक्ता एवं फिजिसियन डा.उदयनारायण सिंह लगायत विभिन्न कार्यालय तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद