Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनुषा : सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।

टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको स्थानीय अमृता मण्डलले बताइन् ।

स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन ।

ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र त्यसमा खसेर बच्चाको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।

शुक्रबार बिहान दुई वर्षीय बालक रोहनको खाल्डोमा खसेर मृत्यु भएपछि स्थानीयवासी आक्रोशित छन् । सभार : अनलाईन खबर

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद