Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र १२,शुक्रबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरगन्ज–११, श्रीपुरस्थित एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूको परिचयात्मक कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

कलेजको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वीरगन्ज कलेजका प्रमुख तथा सञ्चालक समिति सदस्य विनोद गुप्ताले गरेका थिए। कार्यक्रममा वक्ताहरूले नवप्रवेशी विद्यार्थीहरूलाई अनुशासित भएर अध्ययनलाई निरन्तरता दिँदै आफ्नो लक्ष्य हासिल गर्न शुभकामना दिएका थिए।

कलेज सञ्चालक समितिका अध्यक्ष डा। दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज कलेजका सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, सञ्चारकर्मी नीरज पिठाकोटे मगर लगायतले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा कलेजका एकेडेमिक प्रमुख दर्शन केसी र वीरगन्ज कलेजका प्रमुख विनोद गुप्ताले विद्यार्थीहरूलाई पाठ्यक्रममा समेटिएका विषयसँगै व्यावहारिक तथा आधारभूत ज्ञान हासिल गर्नुपर्ने आवश्यकताबारे प्रशिक्षण दिएका थिए। उनीहरूले अतिरिक्त ज्ञान र सीपले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यमा पार्ने सकारात्मक प्रभावबारे समेत जानकारी गराएका थिए।

कलेजले सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरेको बीबीए कार्यक्रममा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको अध्यक्ष डा। चौधरीले बताए। यही कारण पछिल्लो समय वीरगन्जमा बीबीए अध्ययनका लागि एपेक्स म्यानेजमेन्ट कलेज विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ थियो।

उनले न्यून शुल्कमा गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्‍याउने कलेजको उद्देश्य रहेको बताए। गलत प्रचारमार्फत अभिभावकलाई भ्रममा पारेर विद्यार्थीको भविष्यसँग खेल्नेभन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न कलेजले प्राथमिकता दिएको उनले स्पष्ट पारे।

यसैबीच, कलेजले २०२६ इन्टेकका लागि बीबीएमा भर्ना खुला गरेको छ। कलेजले सार्वजनिक गरेको सूचनाअनुसार १३ गते भद्रमा बिहान ८ बजे पुनः प्रवेश ९च्भ(भलतचबलअभ० तथा १४ गते भद्रमा बिहान ११ बजे छात्रवृत्ति परीक्षा ९क्अजयबिचकजष्उ त्भकत० हुने जनाइएको छ। इच्छुक विद्यार्थीहरूले कलेजमा सम्पर्क गरी भर्ना तथा छात्रवृत्तिसम्बन्धी थप जानकारी लिन सक्नेछन्।

कार्यक्रममा वीरगन्ज कलेजका कोअर्डिनेटर राजेश्वर चौधरी, एपेक्स म्यानेजमेन्ट कलेजका उपप्राध्यापक प्रकाश साह, उपप्राध्यापकहरू जितेन्द्र पटेल, प्रचेत कर्ण, राजन कुशवाहा, नितेश गुप्ता, प्रतिमा चौरसिया, रिचा कर्ण, मुकेन्द्र साह लगायतको उपस्थिति थियो। कार्यक्रमको स्वागत कलेज सञ्चालक समिति सदस्य सुरेश प्रसाद चौधरीले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ भाद्र १२,शुक्रबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ भाद्र १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद