वीरगञ्ज । समाचार लेखेको भन्दै परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्तालाई मार्ने धम्की तथा नानाथरिका गाली गलौज गरेको पत्रकार गुप्ताले बताएका छन् ।
पत्रकार गुप्ताले २०८० साल भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानिय माथि हातपात तथा दुव्र्यवहार गरेको समाचार प्रकाशन गरेका थिए ।
सोही समाचारको निहु बनाएर जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको बारेमा समाचार किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जर र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धम्की दिएको पत्रकार गुप्ताले जनाएका छन् । गाली गलौजको सम्पूर्ण प्रमाण आफु सँग सुरक्षित रहेको पत्रकार गुप्ताको भनाई रहेको छ ।
कानुनी राज्यमा समाचारमा चित नबुझे नियमनकारी निकायमा उजुरी गर्नु पर्ने ठाउँमा पत्रकारलाई रुपेशले गाली गरेर अनावश्यक मानसिक यातना दिई कानुनी राज्यको खिल्ली उडाएको सचेत नागरिकहरुले टिप्पणी गरेका छन् । सभार : प्रहार डेली



