Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २६,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, २६ भदौ । व्यवसाय गर्नका लागि कर्जा लिएको रकम बैंकले रोक्का गरिदिएपछि एकजना व्यवसायी सडकमा आएका छन् । सानु ट्रेडलिंकका सञ्चालक योगेन्द्र प्रसाद गुप्ता तत्कालिन सेञ्चुरी कमर्शियल बैंकको कारण सडकमा आएका हुन् ।

गुप्ताले व्यापार विस्तार गर्नका लागि ३ करोड २० लाख कर्जा लिएका थिए । जुन दिन कर्जा पास भएर उनको खातामा पैसा आयो त्यहि दिन बैंकले उनको खाता रोक्का गरिदियो । ‘मेरो खातामा पैसा आउने बित्तिकै बैंकले मेरो खाता रोक्का गरिदियो । मैले भारतीय कम्पनीलाई पैसा पठाउन खोजेँ सकिन ।’ गुप्ताले भने ।

खाता रोक्का भएको जानकारी पाउने बित्तिकै उनले ब्रान्च मेनेजर शिवानाथ प्रसाद साहसंग खाता रोक्का हुनुको कारणबारे सोधे । साहले केन्द्रिय कार्यालयले खाता रोक्का गरेको जानकारी दिए ।

त्यसपछि प्रदेश प्रमुख सुभाष शर्मालाई सोधे उनले पनि केन्द्रिय कार्यालयले खाता रोक्का गरेको जानकारी दिँदै खातामा आएको पैसा डेन्युम ल्याब्रोटोरीलाई दिन सुझाब दिए । शर्माले अहिले डेन्युमलाई पैसा दिनु ७ दिनपछि रिटर्न आउछ भनेर सुझाव दिए तर, गुप्ता डेन्युमलाई पैसा दिने पक्षमा थिएनन् । बैंकका कर्मचारीले दबाव दिएपछि उनी वाध्य भए । कनेक्ट आइपिएस मार्फत पहिलो पटक हरिनन्दप्रसाद यादबको नाममा पैसा डिपोजिट गरे । उनले पहिलो ट्रान्जेक्सन लिंकरोड ब्राण्डबाट गरेका थिए । डिपोजिटकर्ताको नाममा डेन्युम ल्याब्रोटरी नै लेखे ।

पहिलो पटक पैसा पठाएको जानकारी पाउने बित्तिकै शर्माले लिंक रोडका बैंक मेनेजर अमन बोगटीलाई फोन गरेर डिपोजिट किन डेन्युमको नामले गरेको भनेर प्रश्न गरे र डिपोजिट रोकिदिन निर्देशन दिए ।

जबकी बैंक मेनेजर बोगटीसंग पास गराएर नै गुप्ताले रकम ट्रान्सफर गरेका थिए । ‘डेन्युम कालो सूचीमा परेको कम्पनी रहेछ । तर, मलाई बैंककै मान्छेले कालो सूचीमा परेको कम्पनीमा रकम डिपोजिट गर्न दवाव दिएका थिए ।’ गुप्ताले भने ।

त्यसपछि बैंक कर्मचारीकै दवावमा डिपोजिट स्लिपमा डेन्युम र हरिन्द्रको नाम काटेर अर्कै नाममा गुप्ताको डिपोजिट गरियो । ‘डेन्युमको नाममा डिपोजिट गर्न मिल्दैन भन्दै अरु अरु कम्पनीमा डिपोजिट गर्न लगाए ।’ गुप्ताले भने ‘एकै दिन ७/८ बटासम्म खातामा पैसा हाल्न लगाए ।’

डेन्युमका बारेमा कुनै जानकारी नभएका गुप्तालाई जर्बजस्ती पैसा जम्मा गर्न लगाए तर, एक रुपैया पनि फिर्ता आएन । त्यति मात्रै हैन । उनले बिसं २०७९ असारसम्म ब्याज पनि नियमित तिरे । त्यसपछि उनको उपाय केही लागेन । काम धन्दा बन्द भयो । अहिले उनको घर जग्गा लिलाम हुने अवस्थामा छ ।

गुप्ता भन्छन् ‘मलाई बैंकको कर्मचारीले फसाए । आज आफ्नो पैसा नभएकै कारण कारोबार ठप्प छ ।’ गुप्ताका साना केटाकेटी छन् । घर जग्गा बाहेक अरु केही छैन । पैसा रोकिएकाले आफुसंग स–परिवार आत्महत्याको विकल्प नभएको गुप्ता बताउछन् ।

सेञ्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा विलय भएको छ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने यश विषयमा गैर जिम्मेवार बनेका छन् । यश प्रकरणमा सबै जानकारी भएर पनि उनले बेवास्ता गरेका छन् । न्यौपानेले कमिसनको चक्करमा परेर आफूमाथि अन्याय गरेको पीडितको आरोप छ । न्यौपानेले केटिएम भ्वाइससँगको कुराकानीमा आफूले यश विषयमा राम्रोसँग बुझेर जानकारी गराउने बताएका थिए । गत बिहीबार केटिएम भ्वाइससँगको कुराकानीमा आफूले बुझेर शुक्रबार खबर गर्ने बताएका थिए । एक दिनको समयसीमा मागेका न्यौपाने ५ दिन बितिसक्दा पनि सम्पर्कमा आउन चाहेका छैनन् । सभार : Ktm Voice

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० भाद्र २६,मंगलवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० भाद्र २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद