Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज : सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा भन्सार छलीको काजु बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २५,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर ८ क्वीन्टल काजु बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सोमबार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजु बरामद गरेको हो ।

राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपैयाँ रहेकोपनि उनले बताए । बरामद भएको काजु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको र काजु धनीको बारेमा अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र २५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद