Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका एक दर्जनभन्दा बढी व्यपारिक फर्महरुमा राजश्व विभागकाे छापा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २५,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगञ्जका करिब एक दर्जन व्यपारिक फर्महरुमा छापा मारेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारी नेतृत्वको टोलीले गत मंगलबारदेखि शुक्रबारसम्म एक दर्जनभन्दा बढी पसल र व्यपनरिक फर्ममा छापा मारेको हो ।त्यस क्रममा टोलीले ती फर्महरुबाट खाता, कम्प्युटरको हार्डडिस्क लगायतका फाइल र सामानहरु लिएर गएको छ ।

हार्डवेयर एसोसिएसन वीरगञ्जका सचिव अनिल सर्राफका अनुसार विभागकाे टाेलीले विभिन्न फर्ममा अनुगमनको नाममा कागजात एवं कम्प्युटरको डेटा लगेको हो ।

अनुगमन टोलीले वीरगञ्जको लिंकरोडस्थित निधि हार्डवेयर, जीटीसी टायल्स, बाइपास रोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता दी आइरन, आनन्द हार्डवेयरमा छापा मारेको थियो । विभागका महानिर्देशक नवराज ढुंगानाले काठमाडौंमा नियन्त्रणमा लिएको ट्रकको संचालकको बयानका आधारमा अनुगमन गरेको बताए ।

उनका अनुसार वीरगञ्जका केही फर्मले लुज बिल दिएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाइएको हो । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले आर्थिक मन्दीले मारमा परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा राजस्वले दु:ख दिन थालेको प्रतिक्रिया दिए ।साभार: बिजमान्डु डटकमबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र २५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद