Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा पनि मनाइयो विश्व आत्महत्या रोकथाम दिवस

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २४,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । विश्व आत्महत्या रोकथाम दिवस अवसरमा वीरगञ्ज रायली समेत निकालिएको थियो ।

वीरगञ्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन महाशाखाको सक्रियतामा निकालिएको रयाली घण्टाघरबाट सुरु भएर नगर परिक्रमा गर्दै नारायणी अस्पताल पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभा लाई सम्बोधन गर्दै मनोरोग चिकित्सक डाक्टर रामप्रकाश साह, प्रहरी नायब निरीक्षक गुन निधि खकुरेल लगायतले कार्यक्रममा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा वक्ताहरुले आत्महत्या आजको युवाहरुमा एउटा ठुलो समस्या बनेको बताए ।

आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यो वर्ष ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो ।

शाखा प्रमुख अनिल कुमार यादवको अध्यक्ष्तामा निकालिएको रयालीमा नारायणी अस्पतालका अशोक श्रीवास्तव, नर्सिङ क्याम्पसका प्रतिनिधि, टिपिओ नेपालबाट रन्जु भण्डारी, फोरजिआर पिया सिंह, सहनवाज हुसेन, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको सह संयोजक अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

नेपालमा हरेक वर्ष आत्महत्या गर्नेहरुको दर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बक्ताहरुले यसलाई रोकथाम गर्न सबैको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

गत वर्षको डाटा अनुसार हरेक वर्ष विश्वभर ७ लाख मानिस आत्महत्या गर्छन् । हरेक ४० सेकेन्डमा १ जना आत्महत्या गरिरहेको डाटाले बताउँछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० भाद्र २४,आईतवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० भाद्र २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद