वीरगञ्ज । रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस द्वारा शुक्रवार महीनवारी सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
वीरगञ्जस्थित श्री सुन्दरमल रामकुमार कन्या उच्च माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलई महीनवारी सम्बन्धि प्रशिक्षण दिइएको क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दिपु बर्णवालले जानकारी दिए ।
कक्षा ८ र ९ का विद्यार्थीलाई लक्षित गरेर अभिमुखीकरणको आयोजना गरिएको थियो । सो अवसरमा नेशनल मेडिकल कलेजमा डा. सोनम दास, एमबिबिएस अन्तिम वर्षमा अध्यनरत संध्या आवले, दिकयी संगमे, प्रीति सुबेदि लगायतले प्रशिक्षण दिएका थिए ।
महिनावारी सामान्य प्राकृतिक प्रक्रिया भएको हुँदा लाज मान्ने र लुकाउने प्रवृति अन्त्य गरी खुले कुरा गर्नुपर्ने उनीहरुले बताएका थिए ।
कार्यक्रममा रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रेशु अग्रवाल, उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुका, आभा मंडल लगायतको उपस्थिति रहेको थियो ।



