Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साल्ट ट्रेडिङ्गको दादागिरी : भिजेको युरिया मलको भिडियो खिच्न खोज्दा सञ्चारकर्मीमाथि दुव्र्यवहार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १९,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज १९ भदौ । वीरगञ्ज स्थित साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडका कर्मचारी र पालदारको गुण्डागर्दी बढेको छ । रासायनिक मल खरिद प्रक्रियामा ठेकेदारसँगको मिलोमतोमा घोटाला भइरहेको सूचना प्राप्त भएपछि समाचार संकलन गर्न नेशनल टे्रडिङ्गमा रहेको साल्ट टे्रडिङ्गको गोदाममा पुगेका सञ्चारकर्मीमाथि कम्पनीका पालदार र कर्मचारीले गुण्डागर्दी शैलीमा दुव्र्यवहार गर्नुका साथै मोबाइल खोसेका थिए । साल्ट ट्रेडिङ्ग कम्पनीले भारतसँग खरिद गरेको युरिया मल भिजेको अवस्थामा गोदाममा अनलोड भइरहेको अवस्थामा भिडियो खिच्न पुगेका सञ्चारकर्मीमाथि साल्ट ट्रेडिङ्गका करारका कर्मचारी एवं पालदार मिली दुव्र्यवहार गर्नुका साथै मोबाइल खोसेका थिए ।

भिडियो खिच्नको लागि कार्यालय प्रमुखसँग अनुमति लिएर आउनुपर्ने भन्दै मोबाइल खोेसेको कुस मिडिया प्रा.लि.का संचालक अरुण कुशवाहाले बताए । उनका अनुसार साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडका कार्यालय प्रमुख आमोज लामिछानेले ठेकेदारसँगको मिलोमतोमा रकम चलखेल गरि किसानहरुलाई वितरण गर्नको लागि भिजेको अवस्थामा युरिया मल गोदाममा अनलोड गरि रहेको अवस्थामा समाचार संकलनको लागि भिडियो खिच्दा कर्मचारी र पालदारले दुव्र्यवहार गरेको बताए । युरिया मल आयात गर्ने ठेकेदार कम्पनीसँगको मिलोमतोमा साल्ट ट्रेडिङ्गका प्रमुख आमोज लामिछानेले भिजेको युरिया मल भित्र्याएका छन् ।

नेशनल टे्रडिङ्ग कम्पनी लि. स्थित गोदाममा ना. ३ ख ४०३३ नम्बरको टिपरबाट भिजेको युरिया मल गोदाममा अनलोड भइरहेको अवस्थामा सञ्चारकर्मी त्यहाँ पुगेपछि हाकिमको पोल खुल्ने डरले करार कर्मचारी र पालदार मिलेर सञ्चारकर्मी कुशवाहामाथि दुव्र्यहार गर्नुको साथै मोबाइल खोसेका थिए । मोबाइल खोसेपछि साल्ट टे्रडिङ्ग कम्पनी पुगेका तीन जना अन्य सञ्चारकर्मीहरुले कुराकानी गरि रहँदा पनि ति करार कर्मचारी गुण्डागर्दी शैलीमा प्रस्तुत भएका थिए । मोबाइल किन खोसेको ? भनेर सोध्दा आफ्नो निजी सम्पत्ति रहेको गोदाममा अनुमति विना भिडियो खिचेको कारण मोबाइल खोसेको बेतुकको जवाफ दिए ।

उनीसँगै त्यही कार्यालयमा रहेको अधिकृत स्तरका कर्मचारीहरु अगाडि ति करार कर्मचारीको रवाफ नै अलग्गै थियो । सार्वजनिक सँस्थानमा कमि कमजोरी भइरहेको सूचना पाएपछि जो सुकैले पनि प्रमाणको रुपमा भिडियो खिच्न पाउने अधिकार हो ? तर ति करार कर्मचारीले आफ्नो बुवा बाजेको निजी सम्पत्ति हो भनेर देखाएको रवाफले कार्यालय प्रमुख आमोज लामिछानेको कार्यशैलीलाई उदांगो बनाएको छ । लामिछानेले कर्मचारी भन्दा पनि गुण्डालाई पालेको बताइएको छ । कर्मचारी आफ्नो हैसियतमा रहेर आफ्नो पद, जिम्मेवारी अनुसार प्रस्तुत हुनुपर्नेमा कार्यालय प्रमुख लामिछानेको आडमा एउटा करार कर्मचारीको रवाफ हेरेर कार्यालय पुगेको अन्य सञ्चारकर्मीहरु छक्क परेका थिए ।

त्यसमाथि पनि कार्यालय प्रमुख लामिछाने भोलिपल्ट मंगलबार सञ्चारकर्मीलाई फोन गरेर उल्टै कर्मचारीले मुद्दा हाल्ने धम्की दिएका छन् । गल्ती पनि गर्ने, उजागर गर्न खोज्दा धम्की पनि दिने उनको शैलीले कार्यालय प्रमुख पदको घमण्डले मात्तिएको दर्शाएको छ । यो भन्दा अगाडि उनीसँग सूचना माग गर्दा पनि नदिएको सञ्चारकर्मी कुशवाहाको गुनासो छ । विगत लामो समयदेखि सूचना अधिकारीदेखि कार्यालयप्रमुखलाई सम्बोधन गरेर सूचना माग गर्न लिखित निवेदन समेत दिएको अवस्थामा सूचना नदिएको बताइएको छ ।

आमोज लामिछानेको दबदबा, विगत १८ वर्षदेखि एउटै कार्यालयमा रजाई

साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड वीरगंजका कार्यालय प्रमुख आमोज लामिछाने विगत १८ वर्षदेखि यही कार्यालयमा रजाई गर्दै आएका छन् । पहुँच, पावर एवं पैसाको आडमा मन्त्रालय एवं साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेको केन्द्रिय कार्यालयबाट मिलोमतो गरि एकै ठाउँमा विगत १८ वर्षदेखि रजाई गर्दै आएका हुन् । उनी आएदेखि यहाँ कति कर्मचारी आए, गए तर उनी जहाँको त्यही छन् । उनलाई यहाँबाट सरुवा गर्ने मन्त्रालय एवं केन्द्रिय कार्यालयको समेत अधिकार नभएको जस्तो व्यवहार गर्ने गरेका छन् ।

वीरगञ्जमा कार्यालय प्रमुख भएर आएदेखि लाखौं करोडौं रकम लुटेका छन् । कृषकहरुको लागि आयातित मलमा लोड, अनलोड, ढुवानी, गोदाम भाडा लगायतका विषयमा चलखेल गरि करोडौं लुटेका छन् । उनलाई मन्त्रालय एवं केन्द्रिय कार्यालयले वीरगंजबाट सरुवा गर्न नसकेको हो ? वा उनी राजनीतिक दलको पुच्छर समातेर यही वीरगंजमै १८ वर्षदेखि रजाई गर्दै आएका छन् यो खोजविनको विषय हो ? विगतमा कृषकहरुको लागि चाहिने मलमध्ये ७० प्रतिशत कृषि सामाग्री कम्पनी तथा ३० प्रतिशत साल्ट टे्रडिङ्गलाई दिने गरेको अवस्थामा गत २०७९/०८० मा शत प्रतिशत बजेट ल्याउन सफल भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० भाद्र १९,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० भाद्र १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद