Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १९,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ भदौ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक नगरीको रुपमा परिचित वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनका लागि महानगरले काम गरीरहेको महानगर प्रमुख सिंहको भनाई छ ।

मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्ट का संस्थापक एवम् अध्यक्ष डा. जगत शाहसँगको भेटवार्ताका क्रममा उनले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणा राखे । औद्योगिक एवम् आर्थिक नगरी वीरगञ्जमा डा. शाहलाई स्वागत गर्दै उनले समृद्धि र विकासका लागि आर्थिक, भौतिक एवम् नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको बताए ।

डा. शाहले पनि भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउँदै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरेका छन् । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गर्दै उनले भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याए ।

सो अवसरमा वीरगञ्ज महानगरपालिकाका आर्थिक सल्लाहकार एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर झा, भारतीय दुतावास वीरगञ्जका प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० भाद्र १९,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० भाद्र १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद