Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भंगेरा बचाउ अभियानमा वीरगञ्ज महानगर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १७ भदौ । भंगेरा प्रजातिको पंक्षीसँगै अन्य पंक्षीहरुको संरक्षणका लागि वीरगञ्ज महानगर गम्भिर रहेको महानगर प्रमुख राजेशमान सिंहले बताउनु भएको छ । महानगरको सहयोगमा फर गुड्स रिजन (फोरजीआर) संस्थाले सुरु गरेको गौरैया (भंगेरो) बचाउ अभियान अन्तर्गत भंगेराको गुड (स्प्यारो हाउस) राख्ने अभियानको सुरुवात गर्नुहुँदै महानगर प्रमुख सिंहले सबैले आ-आफ्नो घरमा गुड राखेर भंगेरासहित अन्य पंक्षीको बासस्थानको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो।

पछिल्लो समयमा वनजंगल मासिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले रुखविरुवा रोपेर महानगरलाई हराभरा बनाउने महानगरको प्राथमिकताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरलाई हराभरा बनाउने अभियान हामीले अघि सारेका छौँ, जसमा रुखविरुवा रोप्ने छौँ, त्यसले पनि पंक्षीको संरक्षणमा सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

वीरगञ्ज महानगरभित्रका सार्वजनिक स्थानमा तत्कालका लागि ५ सय प्रति भंगेराको गुड (स्प्यारो हाउस) राखिएको फोरजीआरकी अध्यक्ष नुतन सरावगीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा अन्य स्थानमा पनि गुड राख्ने योजना अनुरुप काम भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० भाद्र १७,आईतवार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० भाद्र १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद