Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना  

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १७ भदौ । वीरगञ्जको विर्तास्थित त्रिजुद्ध माविमा ५ दिने निशुल्क आँखा तथा दाँत परीक्षण शिविर सुरु भएको छ । वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र साहिब दरबारको आयोजनामा आइतबारदेखि ५ दिने शिविर सुरु भएको हो ।

विद्यार्थी संख्या धेरै भएको हुँदा पढाई प्रभावित नहुने गरी ५ दिनसम्म सबै विद्यार्थीको आँखा तथा दाँत जाँच गर्ने गरी शिविरको आयोजना गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताउनु भयो ।

शिविरमा विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिने वीरगञ्ज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक प्रेम घिमिरेले जानकारी दिनुभयो । शिविरमा अस्पतालका नेत्र विशेषज्ञ प्रभात चौरसिया नेतृत्वको टोलीले विद्यार्थीहरुको आँखा जाँच गरीरहेको छ । शिविरमा आँखाको समस्या देखिएकाहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको घिमिरेले जानकारी दिनुभयो ।

पछिल्लो समयमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालयमै शिविरको आयोजना गरेर सबै विद्यार्थीको निशुल्क जाँच गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक नविन मिश्राले बताउनुभयो ।

साहिब दरबारले यसअघि वीरगञ्जका विभिन्न विद्यालयमा आँखा तथा दाँत शिविर सम्पन्न गरीसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० भाद्र १७,आईतवार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० भाद्र १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद