Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अझै केही दिन देशभर लगातार वर्षाको सम्भावना कम, आज कतैकतै ठूलो पानी पर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै । अझै केही दिन देशभरी ठूलो र लगातार पानी पर्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो हप्ताको शुरुदेखि नै पानी पर्न कम भएकोमा आजदेखि केही ठाउँमा पानी पर्ने तर देशभर ठूलो र लगातार पानी पर्ने सम्भावना भने नभएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि ठूलो र लगातार वर्षा भने नहुने उहाँले बताउनुभयो ।

नेपालमा अहिले बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीकाे समेत हल्का प्रभाव रहेको छ । अहिले लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र बाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी क्षेत्रमा मौसम धेरै बदली भइरहेको र पानी पर्ने सम्भावना रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० भाद्र १६,शनिबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० भाद्र १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद