Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

नेवार समूदायले मनाए वीरगञ्जमा गाईजात्रा ( फोटो सहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १५,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा शुक्रबार नेवार समूदायले सापारु अर्थात गाईजात्रा पर्व धुमधामका साथ मनाएका छन् । एक वर्ष भित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन अनुरुप वीरगंज सापारु समितिको आयोजनामा गाईजात्रा निकालिएको हो ।

वीरगञ्जस्थित अखत अतिथि सदनबाट निकालिएको जात्रा महाविरस्थान, माईस्थान मन्दिर, विर्ता हुँदै पुनः अतिथी सदनमा आएर समापन भएको थियो । दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिने चलन रहेको वीरगंज सापारु समितिका अध्यक्ष सञ्जय जोशीले जानकारी दिए ।

यसले वर्ष भरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुने धार्मिक विश्वास रहेको उनले बताए । मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सहरका अन्य बासिन्दाले पनि यस्तै शोक बेहोरिरहेका छन् भन्ने देखाएर रानीको चित्त बुझाउन गाईजात्राको परम्परा थालेको इतिहासमा उल्लेख गरिएको नेवाः समूदायका बुद्धिजिवीहरुले बताएका छन्

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस मनाइयो
मुख्य समाचार

कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस मनाइयो

प्रकाशित : २०८० भाद्र १५,शुक्रबार
वडाध्यक्ष पक्राउको विरोधमा वीरगन्जका सबै वडा कार्यालय बन्द
मुख्य समाचार

वडाध्यक्ष पक्राउको विरोधमा वीरगन्जका सबै वडा कार्यालय बन्द

प्रकाशित : २०८० भाद्र १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद