Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कानुन पढाउने कलेज नै गैरकानुनी, ‘वीरगञ्ज स्कुल अफ ल’ सहित ३ शैक्षिक संस्थामा सिलबन्दी 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १३ भदौ । अनुमति विना संचालनमा रहेको ‘वीरगञ्ज स्कुल अफ ल’ मा सिलबन्दी गरिएको छ । अनुमति नै नलिई संचालन गरेको फेला परेपछि वीरगञ्ज महानगरपालिकाले बुधबार सिलबन्दी गरेको हो ।

अनुमति नलिई संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशन बमोजिम नियमन समितिले सिलबन्दी गरेको हो ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित इम्पेरियल कलेजमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाएपछि सिलबन्दी गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित बिजी बिज किड्स प्रि स्कुलमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले स्कुल सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाए पछि प्रि स्कुलमा सिलबन्दी गरेको हो ।

सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादब, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागितामा सिलबन्दी गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० भाद्र १३,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० भाद्र १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद