Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गृहमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १०,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गरेका छन्। कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले पूजा गरी भवन उद्घाटन गरेका हुन्।

नवनिर्मित तीन तले सुविधा सम्पन्न भवन निर्माण भएपछि अहिले जिल्ला प्रशासनले सोही भवनबाट सेवा दिँदै आएको छ। कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संविधान कानुनअनुसारको सेवा जिल्ला प्रशासन कार्यालयबाट जनताले सहज ढंगले प्राप्त गर्न सके मात्रै सुशासनको प्रत्याभूति गर्न सकिने बताएका थिए।

गृहमन्त्री श्रेष्ठले सोर्सफोर्स दलालीबाट सेवा दिने कुराको अवशेष अहिलेसम्म पनि रहिरहेका कारण त्यस्ता दलाली चाकडी गरेरै सेवा दिनुपर्ने काम अन्त्य गर्न निर्देशनसमेत दिए।

गाउँबाट काम छाडेर सरकारी कामका लागि वीरगञ्ज आउने जनताको सेवालाई ध्यानमा राख्दै मालपोत, नापी कार्यालयजस्ता दैनिक भीड हुने कार्यालयको भवन पनि जिल्ला प्रशासनजस्तै सुविधायुक्त बनाउन सके राम्रो हुने पर्साको धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले बताए। कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानसमेत गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० भाद्र १०,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० भाद्र १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद