Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतको चन्द्रयान- ३ सफलतापूर्वक अवतरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भारतको चन्द्रयान- ३ चन्द्रमाको कक्षमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार साँझ सवा ६ बजे चन्द्रमाको दक्षिणीध्रुवमा चन्द्रयान– ३ सफलतापूर्वक अवतरण भएको हो ।

चन्द्रयान– ३ ले दक्षिणी ध्रुवको रासायनिक र प्राकृतिक अवस्थाबारे अध्ययन गर्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवको अनुसन्धानका लागि इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत २९ असारमा चन्द्रयान–३ प्रक्षेपण गरेको थियो ।

सफल अवतरणसँगै भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनले मात्र सफलतापूर्वक यान अवतरण गराएका छन् । दक्षिणी ध्रुवमा भने अहिलेसम्म कुनै मुलुक पुगेका छैनन् ।

दक्षिणी ध्रुवमा रुसले पठाएको यान तीन दिनअघि मात्र सतहमा अवतरणपूर्व विस्फाेट भएको थियो । त्यसैले संसारभरको आँखा मंगलबार साँझ भारततर्फ मोडिएको थियो । भारतले सफलतापूर्वक यान अवतरण गराएर चन्द्रमाको खोजमा नयाँ आयाम थप्ने विश्वास संसारलाई दिलाएको छ ।

भारतले दोस्रो प्रयासमा चन्द्रयानको सफल अवतरण गराएको हो । चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । त्यसपछि थप परिष्कृत गर्दै इसरोले चन्द्रयान– ३ बनाएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र ६,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद