प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन मन्त्री सुदन किरातीका बाबु हर्कबहादुर राईलाई श्रद्धाञ्जली दिएका छन्।
बुधबार बिहान पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेर प्रधानमन्त्री प्रचण्डले राईको पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत मन्त्रीपरिषद्का सदस्यहरू पनि राईलाई श्रद्धाञ्जली दिन पुल्चोक पुगेका थिए।
राईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो।
७६ वर्षीय उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए। पछिल्लो समय निमोनिया भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
उनको पार्थिव शरीर आजै भोजपुर लैजाने तयारी छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



