Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साहुकारबाट कुटिएकी एकल महिलालाई प्रहरीले थप पिडा दिएको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ४,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा साहुकारबाट कुटिएकी एकल महिलालाई प्रहरीले न्याय दिनुको सट्टा उल्टै थुनामा राखेको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीकी ५० वर्षीय तारा देवीले छोरासहित आफूलाई आइतबार दिउँसो प्रहरीले पोखरियास्थित इलाका प्रहरी कार्यालयमा थुनेर राति ११ बजेतिर छाडेको आरोप लगाएकी छन् ।

सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर पीडित तारा देवीले भनिन्, ‘आइतबार बिहानै साहुकार र उनका मान्छेहरूले घरमै आएर हामी दुई आमा छोरालाई मर्नेसरि कुटेर घाइते बनाए । प्रहरीले हामीलाई न्याय दिनुको सट्टा उल्टै थुनेर राति ११ बजे छाड्यो ।’

तारादेवीका अनुसार झलमहीयाका साहुकार वीरेन्द्र साह तेलीसँग उनले ४ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको सावाँ र ब्याज गरी ५ लाख ६८ हजार रुपैयाँ तिर्नुपर्ने थियो । त्यसैका लागि तारादेवीले गाउँकै भोला साह कानुसँग गत असार १७ गते १२ लाख रुपैयाँ लिइन् ।

कानुले १२ लाख रुपैयाँ दिए बापत तारादेवीको ६ कट्टा घडेरी मालपोत कार्यालयमा गएर आफ्नो नाममा रजिस्ट्रेसन पास गरिदिन दबाब दिएका थिए । तर आफूले करोडौँ मूल्यको जग्गा १२ लाखमै दिन नमानेपछि आइतबार घरमै आएर आमा छोरा दुवैलाई निर्घात रूपमा कुटपिट गरी घाइते बनाएको र उल्टै प्रहरीमा लगेर थुन्न पनि लगाएको तारादेवीले बताइन् ।

पत्रकार सम्मेलनमा तारादेवीले भनिन्, ‘गाउँमा घडेरीको भाउ कट्टाको २० लाख छ । तर कानुनले १२ लाखमै रोडसँग टाँसिएको ६ कट्टा घडेरी पास गरिदिन दबाब दिएका थिए । तर मैले मानिन । त्यसै कारण घरमै हुल बाँधेर आएका उनीहरूले हामी आमा छोरालाई मर्ने गरी कुटे । घाइते पनि बनाए । अनि उल्टै प्रहरीकोमा लगेर थुन्न पनि लगाए ।’

इलाका प्रहरी कार्यालयमा पुग्दा प्रहरीले आफूहरूको पिडा सुन्नुको सट्टा उल्टै थुनामा राखेको कुटपिटबाट घाइते भएका तारादेवीका छोरा गोखुल महत्तो कंकरले गुनासो गरे ।

आफूहरूलाई साहुकार कानुसँगै उनी निकटका प्रदीप साह कानु, सन्दीप साह कानु, भगत साह कानु, पागल साह कानु, बृजेश यादव कानुसहितकाले कुटपिट गरी घाइते बनाएको कंकरले बताए ।

कंकरका अनुसार साहुकार कानुबाट गत असार १७ गते १२ लाख लिएपछि त्यसबापत ६ कट्टा घडेरी पास गरिदिन दबाब र धम्की दिएपछि जिउ ज्यानको सुरक्षाको माग गर्दै पीडित तारादेवीले यसअघि असार २२ गते पनि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएकी थिइन् ।

यद्यपि, त्यस बेला पनि प्रहरीले आफूहरूको कुरै नसुनेको कंकरले दुखेसो पोखे । उनले भने, ‘आइतबार त घरमै पसेर कुटे, लछार पछार गर्दै बाहिर निकालेर प्रहरीकोमा लगेर थुन्न लगाए ।’

पत्रकार सम्मेलनमा तारादेवी साहुकार कानुसँग लिएको १२ लाख रुपैयाँ फिर्ता गर्न आफू तयार रहेको बताइन् । उनले भनिन्, ‘मैले लिएको १२ लाख फिर्ता गर्न तयार छु तर हामी आमा छोरालाई कुटेर घाइते बनाउनेलाई प्रहरीले पक्रेर कारबाही गर्नुपर्‍यो ।’

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले भने पीडित भनिएकी तारादेवी र उनका छोरालाई प्रहरी थुनामा नराखेको दाबी गरे । लेनदेनको विवादमा उजुरी परेपछि प्रहरी कार्यालयमा आइतबार दुवै पक्षलाई बोलाएको तर प्रहरी थुनामा कसैलाई पनि नराखेको उनको भनाई छ ।

केसीले भने, ‘छलफलमा तारादेवी र उनका छोरा माथि हातपात हुन सक्ने जोखिम थियो । त्यही भएर सुरक्षाको दृष्टिकोणले भित्रको कोठामा राखिएको थियो । प्रहरी थुनामा एक सेकेन्ड पनि राखिएको छैन ।’

प्रहरी निरीक्षक केसीले बेलुकी अबेरसम्म चलेको छलफलमा समस्या नसुल्झिएपछि बुधवार फेरि प्रहरी कार्यालयमा हाजिर हुने सर्तमा तारादेवी र उनका छोरालाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताको जिम्मामा घर पठाइएको बताए ।

कुटपिटमा संलग्नलाई कारबाहीको विषयमा भने पीडितहरूलाई अस्पतालबाट उपचार गराई प्रहरी केसको रिपोर्टसहितको जाहेरी लिएर आउन भनिएको पनि उनले बताए । सभार : यात्रा डेली 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० भाद्र ४,सोमबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० भाद्र ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद