•जोतीलाल पंडित
वीरगञ्ज,३२ सावन । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर समानहरु बोकेको माल बहाक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट हेटौडतर्फ जाँदै गरेको गरेको छ भन्ने सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले बिहीबार वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघर चौकबाट ना.६ ख ७९७६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज पथलैया सडकखण्ड स्थित घण्टाघरमा ना.६ ख ७९७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा बिल बिजन भन्दा बढी मालवस्तुहरु लोड रहेको पाइएको र बिल बिजन पनि संकास्पद देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको ट्रक र समान सहितको मूल्य ५५ लाख ११ हजार ३३८ बराबरको मूल्यांकन गरी ट्रक र ट्रकमा लोड रहेको समानहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो।



