वीरगञ्ज । पर्साको ग्रामीण भेगमा मंगलबारराति सर्पको डसाईबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका २४ वर्षीय सेठ महतो केवट रहेको प्रहरी चौकी भिस्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक रुद्र भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार , मंगलबारराति आफनै घरमा सुतिरहेका बेला करिब एक बजेतिर सर्पले केवटलाई डसेको थियाो । सर्पले डसेको केहि समयमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस