Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा आयोजित कार्यक्रममा ४ जना महिलासहित १०२ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २८,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित विभिन्न संघ संस्था एवम् सर्वसाधारण नागरिक लगायतले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेकाअनुसार ४ जना महिला सहित १ सय २ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेतर्फ प्रहरीबाट ७१ जना र आम नागरिकतर्फ ३१ ज्ना रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्यक्रममा भावना घिमरे, बबिता पासवान, राज पहरी, नमिता पाख्रीन, राजेश पण्डित, सरोज खड्का, श्यामबाबु यादव, जितेन्द्र मण्डल लगायतले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुलाई अतिथीहरुले प्रमाण पत्र पनि प्रदान गरेका थिए । सँधै सुरक्षा क्षेत्रमा खटिने सुरक्षाकर्मीहरुले मानवीय उत्तरदायित्व बहन गर्दै रक्तदान गरेको प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । प्रहरी भन्ने बित्तिकै डराउने गलत धारणालाई हटाएर प्रहरी मेरो साथीको अवधारणालाई अगाडी बढाउन यस्ता कार्यक्रमले सघाउ पुग्ने एसपी शाहको विश्वास छ ।

रगतको माग बढ्दै गएको अवस्थामा मागलाई परिपूर्ती गर्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, शिवप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलीया, नेपाली सेना श्रीजंग गणका प्रमुख डायमण्ड कार्की, यात्रा डेलीका प्रबन्ध निर्देशक राम सर्राफ, महेश सिंह धामी, युवा अभियानताद्वय दिलिपराज कार्की, राजन श्रीवास्तव लगायत विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० श्रावण २८,आईतवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० श्रावण २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद