Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा प्रशासन र प्रहरीले ज्यादति गरेको साहुकारहरुको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २५,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रशासन र प्रहरीले ज्यादति गरेको साहुकारहरुले आरोप लगाएका छन् । विहीबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार समेलनमा अनुचित लेनदेन (मिटरब्याज) को निहुँमा स्थानीय प्रशासन र प्रहरीले ज्यादति गरेको आरोप लगाएका हो । साहुकारहरुको संगठन पिडित लेनदेन संघर्ष समिति पर्साका अध्यक्ष सुनिल पाण्डेले अदालतको आदेशलाइ समेत उल्लंघन गरेर प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले साहुकारहरुलाई अभद्र व्यवहार गर्ने , प्रहरी थुनामा पठाउने, जबरजस्ति मिलापत्र गराउने , मुद्धा चलाउने गरिरहेकोे बताए ।

अनुचित लेनदेन सम्बन्धि कानुन बने यता जिल्लामा सिडिओ र एसपीले साहुकारहरुलाई प्रताडित गर्दै आइरहेको उनले बताए । पाण्डेले भने,‘ वास्तविक मिटरब्याजीलाई कारबाही हुनैपर्छ । तर लेनदेन सम्बन्धि परेका उजुरीका लागि सिडिओ अफिसमा बोलाएर साहुकारसंग दुुव्र्यवहार गर्ने , जबरजस्ति मिलापत्र गराउने , नमानेमा साहुकारलाई प्रहरी थुनामा पठाइदिने , सार्वजनिक मुद्धा चलाइदिने जस्ता विृकति बढेको छ ।’

अदालतमा विचाराधिन लेनदेन सम्बन्धि मुद्धामा पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले उजुरी लिएर साहुकारहरुलाई प्रताडित गरिरहेको उनले बताए । पाण्डेले भने,‘ यहाँको प्रशासन र प्रहरी अदालत भन्दापनि माथि देखिएको छ । यदि यस्तै हो भने सरकारले अदालत बन्द गरिदिए हुन्छ ।प्रशासन र प्रहरीको रवैयाले अहिले गाँउसमाजमा कसैलाइ विहेबारी वा आपत पर्दासमेत ऋण दिन नचाहने समस्या सृजना भएको उनले बताए ।

संघर्ष समितिका उपाध्यक्ष राजेश पटेलले स्थानीय प्रशासन र प्रहरीले अदालतको आदेशको समेत उल्लंघटन गर्दा कानूनी राज्यको उपहास भएको बताए ।अनुचित लेनदेन सम्बन्धि सरकारले बनाएको कानुनको आड पर्सामा सिडिओ र एसपीको आंतक नै बढेको आरोप उनले लगाए । उनले भने,‘ गाँउसमाजमा लेनदेन गर्ने सबैजना मिटरब्याजी नै हुदैनन् , छरछिमेकीलाई अप्ठ्यारो पर्दा सहयोगको भावले लेनदेन गर्नेपनि हुन्छन् , तर अहिले उनिहरुलाई कानुनको आडमा मिटरब्याजीकै आरोप लगाएर धाकधम्कि दिने , हातपात गर्ने र प्रहरी थुनामा पठाउने काम सिडिओ र एसपीबाट भइरहेको छ । यसले समाजिक सद्भाव नै बिथलिएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शीव प्रसाद लम्सालले अनुचित लेनदेन सम्बन्धि कानुन कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयले कसैसंगपनि अभद्र व्यवहार वा जोरजबरस्ति नगरेको बताए ।

लम्सालले भने,‘ अहिलेसम्म ५२४ वटा उजुरीमा छलफल हुदाँ १० भन्दा कम व्याक्तिलाई नै प्रहरी थुनामा पठाइएको छ , त्योपनि एक दुई दिनका लागि मात्र । मुद्धा दर्तापनि दुई जना विरुद्ध मात्र भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा मिटरब्याज सम्बन्धि १ हजार ३ सय २१ वटा उजुरी परेका छन् । तीमध्ये बुधबारसम्म ५२४ वटा उजुरीका विषयमा दुवै पक्षलाई राखेर छलफल गरिएकोमा २९३ वटा उजुरीमा मिलापत्र भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए । यस्तै दुई वटा उजुरीमा भने मिलापत्र हुन नसकेकाले मुद्धा दर्ता गरिएकोपनि उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद