Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा खुल्यो रूबिक रेस्टुराँ, मेयर सिंहले गरे उद्घाटन 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २४,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २४ साउन । वीरगञ्जमा सुविधा सम्पन्न क्याफे, लाउन्ज तथा बार रूबिक रेस्टुराँ सञ्चालनमा आएको छ । माइस्थानदेखि महावीरस्थान जानेबाटमा बाया तर्फ अवस्थित रूबिक रेस्टुराँ बुधबारदेखि सञ्चालनमा आएको हो ।

रूबिक रेस्टुराँको वीरगञ्जका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् । स्थानीय युवा व्यवसायीहरूको झन्डै अढाई करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको रेस्टुराँको मेयर सिंह लगायतका अतिथिहरूले रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर सिंहले वर्तमान समयमा युवाहरू वैदेशिक रोजगार तर्फ आकर्षित भइरहेको बेला स्थानीय युवाहरूले जोखिम मोलेर नेपालमै केही गर्नुपर्ने भन्ने सोचका साथ रेस्टुराँ सञ्चालन ल्याएकोमा खुसी व्यक्त गरे । रेस्टुराँले गुणस्तरीय सेवासहित स्वादिलो परिकार उपलब्ध गराउने विश्वास व्यक्त गर्दै उनले विभिन्न ठाउँबाट धार्मिक तथा व्यावसायिक कामले वीरगञ्ज आउने पर्यटकहरूको लागि एउटा गन्तव्यका रूपमा रूबिक रेस्टुराँ पनि थपिएको बताए ।

वीरगञ्जमा नयाँ व्यवसाय तथा उद्यम गर्ने युवाहरूलाई सहयोग गर्न महानगर सधैँ तयार रहेको बताउँदै उनले भने, ‘युवा उद्यमीहरूलाई चाहिएको प्रत्येक सहयोग महानगरबाट उपलब्ध गराउन म तयार छु । प्रस्ताव ल्याउनुस्, हामी सहकार्य गर्छौँ ।’ वीरगञ्जमा प्रत्येक महिनाको अन्तिम शुक्रवार र शनिवार लगाइने रात्रि बजारले पनि रेस्टुराँ सञ्चालकहरूलाई सहयोग पुगिरहेको दाबी गर्दै उनले भविष्यमा रात्रि बजारलाई दैनिक बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाए ।

स्थानीय युवा व्यवसायीहरू विजय साह कानु, दिनेश प्रधान र सञ्जय श्रीवास्तवको संयुक्त लगानीमा सञ्चालनमा आएको रूबिक रेस्टुराँमा एकै पटक सय जनासम्म अटाउने ठाउँ रहेको छ । दुई भागमा बाँडिएको रेस्टुराँमा परिवारका सदस्यहरूसँग जान मिल्ने किसिमको नो-स्मोकिङ् र छुट्टै बार रहेको छ ।

वीरगञ्जमा रहेका अन्य रेस्टुराँको तुलनामा रूबिकको सजावट पनि नयाँ र फरक रहेको दाबी गर्दै सञ्चालक विजय साह कानुले भने, ‘हाम्रो युएसपी भनेको सेवा र स्वाद हो । वीरगञ्जमै बसेर दुई दशकभन्दा पनि बढी लामो समयसम्म काम गरेका सेफ हामीसँग हुनुहुन्छ,  उहाँले स्थानीयहरूको स्वादलाई बुझ्नु हुन्छ ।’ ग्राहकलाई दिने सेवामा पनि तुलनात्मक रूपमा आफूहरू अरूभन्दा गुणस्तरीय रहेको उनले बताए ।

रेस्टुराँले उद्घाटन भएको अवसरमा शनिवारसम्म बिलमा १० प्रतिशतसम्म छुट दिइरहेको कानुले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० श्रावण २४,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० श्रावण २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद