Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राउन्ड टेबलकाे देशभरमा एक लाख वृक्षा रोपण गर्ने अभियान सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २१,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । देशभरमा एक लाख वृक्षा रोपण गर्ने उद्देश्यका साथ सुरु भएको राउन्ड टेबल नेपालको अभियान आइतबार सम्पन्न भएको छ ।

जलवायु परिवर्तनबाट पर्यावरणलाई जोगाउनुका साथै प्रदूषण नियन्त्रण र रुखको महत्त्व बारे जागरूकता फैलाउने उद्देश्यका साथ राउन्ड टेबल नेपालले सुरु गरेको अभियान सम्पन्न भएको हो । अभियानका क्रममा राउन्ड टेबल नेपालले लक्ष्यभन्दा पनि बढी झन्डै १ लाख ८९ हजार वृक्षहरू वितरण गरेको छ ।

आइबार पर्साको पोखरिया नगरपालिकामा संस्थाले आयोजना गरेको कार्यक्रममा मेयरलगायतका जनप्रतिनिधिलाई ४० हजार वटा वृक्ष हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मधेस सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पछिल्लो समय प्रदेशमा देखिएको पानीको हाहाकारले बोटबिरुवाको महत्त्व बारे थप सचेत गराएको बताए । चुरे दोहन, अनियन्त्रित वन विनाश र सहरीकरणले गर्दा पानीको हाहाकार निम्त्याएको बताउँदै उनले समाधानका लागि बढीभन्दा बढी रुखहरू रोप्नु पर्ने सुझाव दिए ।

राउन्ड टेबल नेपालले लिएको एक लाख वृक्ष रोपण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यमा सफलता प्राप्त गरेकोमा संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिन पनि मन्त्री कुर्मीले आग्रह गरे । ‘के गर्नु पर्छ प्रदेश सरकारबाट हामीले गर्छौँ, तपाईँहरूले हामीलाई भन्नुपर्‍यो । कहाँ के आवश्यकता छ । वन तथा वातावरण मन्त्रालयले सम्भव भएसम्म सहयोग गर्नेछ । तर यस्तो राम्रो अभियान रोकिनु भएन,’ उनले भने ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य समेत रहेका कुर्मीले वृक्षारोपणसम्म सीमित नहुन सुझाव दिँदै त्यसको संरक्षण तर्फ ध्यान दिन पनि आग्रह गरे । उनले भने, ‘वृक्षारोपण गरेर मात्र हुँदैन त्यसलाई हुर्काउने, संरक्षण तर्फ पनि हामीले ध्यान दिनुपर्छ । यसको लागि सबैको संयुक्त प्रयास चाहिन्छ । प्रदेश सरकारको तर्फबाट ट्री गार्ड उपलब्ध गराउने जिम्मा म लिन्छु, स्थानीय सरकारले यसलाई जोगाउने जिम्मा लिनुपर्‍यो ।’

त्यस्तै कार्यक्रममा बोल्दै राउन्ड टेबल नेपालका पूर्व राष्ट्रिय अध्यक्ष एवम् ४१ वनर्स क्लबका राष्ट्रिय अध्यक्ष मनोज कुमार दासले पनि वृक्षारोपण जस्तो महत्त्वपूर्ण काम गरेकोमा राउन्ड टेबल नेपाल प्रति आभार प्रकट गरे । जलवायु परिवर्तन, प्रदूषण र ग्रिन हाउस ग्याँस उत्सर्जनका कारण सङ्कट तर्फ अघि बढिरहेको संसारलाई जोगाउन वृक्षारोपणले ठूलो भूमिका खेल्ने बताउँदै उनले अन्य सङ्घ संस्थाहरूलाई पनि राउन्ड टेबलबाट पाठ सिक्नुपर्ने धारणा राखे ।

यस्तै राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले वृक्षारोपण मार्फत मान्छेले प्रकृतिलाई प्रयोग गरेर उठाएको फाइदा बापत ऋण तिर्न सक्ने बताए । उनले भने, ‘एक अध्ययनअनुसार एउटा मान्छेले जीवनभरमा विभिन्न कामका लागि पाँच वटा रुख प्रयोग गर्छ तर एउटा पनि रोप्दैन, रोपे पनि हुर्काउँदैन । वृक्षारोपण हाम्रो लागि प्रकृतिबाट लिइएको ऋण फिर्ता गर्ने एउटा उपाय हो । पाँच वटाको सट्टा हामीले २० वटा रुख रोप्दै त्यसलाई हुर्काएर ऋण चुक्ता गर्नुपर्छ ।’

३५ औँ वार्षिकोत्सवको अवसरमा राउन्ड टेबल नेपालले लिएको एक लाख वृक्ष रोप्ने लक्ष्यभन्दा पनि बढी प्राप्त गर्न सहयोग गर्ने संस्थाका सदस्य र सहयोगी सङ्घ संस्थाहरूलाई पनि उनले धन्यवाद दिए । उनले आगामी दिनमा पनि संस्थाले सबैसँग यसै प्रकारको सहयोगको अपेक्षा गरेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले राउन्ड टेबल नेपाल मार्फत प्राप्त भएको सम्पूर्ण वृक्षहरूलाई रोप्नेदेखि त्यसको संरक्षण नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरपालिकाले एउटा वृक्ष रोपण भनेर छुट्टै शाखा नै स्थापना गरेर अभियान मार्फत प्राप्त गरेका बिरुवाहरूलाई रोप्नेदेखि संरक्षण गर्ने बताए । मेयर चौहानले पोखरिया नगरपालिका जिल्लाको केन्द्रका रूपमा विकसित हुँदै गएको बताउँदै यसलाई व्यवस्थित गर्न सडकको दुवै तर्फ वृक्षहरू रोपिने जानकारी पनि दिए ।

मेयर चौहानकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर रूबी कुमारी ठाकुर, संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, राउन्ड टेबल नेपाल एसिया प्यासिफिक रिजनका अध्यक्ष सौरभ केडिया, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुदिन समानी, नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष विधाञ्चल ठाकुर, पूर्व गाविस अध्यक्ष जोगेन्द्र प्रसाद कुर्मी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राउन्ड टेबल नेपालका सदस्यलगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० श्रावण २१,आईतवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० श्रावण २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद