Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजवादी मुस्लिम संघ पर्साको ५१ सदस्यिय कमिटी गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल मुस्लिम संघ पर्साको अध्यक्षमा सलिम मियां अंसारी चयन भएका छन।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा अंसारीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कलाम मन्सुरि, सदाम हुसेन, सचिवमा तबरेज खान, उपसचिव मकसुद मिया, कोषाध्यक्ष हुसन नेहरा खातुन र सदस्यहरु अख्तर मिया, शेख कमरुल लगायत रहेका छन।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी मुस्लिम संघका केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले मुस्लिम समुदायको लागि निर्विकल्प पार्टी जनता समाजवादी पार्टी नै रहेको दावी गरे।

जनता समाजवादी पार्टी नेपाल देशको एक मात्र पार्टी हो, जुन पार्टीले राज्य र पार्टी भित्र मुस्लिमलाई पुर्णरुपमा समानुपातिक समावेशी हिसाबले प्रतिनिधित्व गराएको छ उनले भने।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पर्सा अध्यक्ष रामनरेश यादवले भातृ संगठनहरु पार्टीको मेरुदण्ड हुन त्यही भएर पार्टी मेरुदण्डलाई बलियो र सशक्त बनाउने अभियानमा जसपा पर्सा लागेको बताए।

अभियान कै अनुरुप आज पहिलो चरणमा समाजवादी मुस्लिम संघ पर्सा गठन गरेका छौ उनले भने।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार खलिल मिया, जसपा उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्ट महतो, मुस्लिम संघ केन्द्रिय उपाध्यक्ष हसमुदिन देवान, सखुवाप्रसौनी अध्यक्ष प्रदीप जयसवाल, छिपहरमाइ अध्यक्ष इग्रासन सा कलवार, प्रदेश सदस्य दिपक यादव, कार्यकारीणि समिति सदस्य शेष खुर्सेद, जसपा जिल्ला सदस्य मुमताज देवान,समाजवादी बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाजबाबू राकी, जिल्ला सदस्य आबिद हुसेन, विद्यार्थी नेता गोविन्द लगायत मुस्लिम नेता तथा कार्यक्रताहरुको उपास्तिथी रहेको जिल्ला सचिव तबरेज अहमदले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० श्रावण २०,शनिबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० श्रावण २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद