Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उद्योग मन्त्री रिजालद्वारा गणेशमान सिंहको सालिक अनावरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २०,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ को राइधारामा अवस्थित सर्वमान्य नेता गणेशमान सिंहको सालिक अनावरण गरिएको छ। आज शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सालिक अनावरण गरेका हुन्।

गणेशमान सिंह स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री रिजालले ठोरीको बिकासका लागि प्रतिबद्धता समेत व्यक्त गरे।

ठोरीमा धेरै काम गर्न जरुरी रहेकाले प्राथमिकताका आधारमा बिकास निर्माणका योजनाहरु तय गरी प्रपोजाल तयार गरी अघि बढ्न गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठलाई आग्रह गरे।

स्थानीय सरकार,मधेस सरकार र संघीय सरकार सँगै मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै मन्त्री रिजालले ठोरीको कृषकहरुलाई कृषि मिटर सम्बन्धि कार्यक्रम स्थानीय सरकार र केन्द्र सरकार मिलेर कृषकहरुलाई सहुलियत दिने काममा आफूले पालिकालाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।नदी नियन्त्रण ठोरीको आवस्यकता भएकाले आफू प्रतिबद्ध रहेको समेत मन्त्री रिजालले उद्घोष गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ठोरी २ का वडाध्यक्ष अमृत कृष्ण सापकोटाले मागपत्र समेत मन्त्री रिजाल समक्ष प्रस्तुत गर्दै हस्तान्तरण समेत गरे।अध्यक्ष सापकोटाले राखेको मागपत्रमा ठोरी २ मा औद्योगिक ग्रामको स्थापना,ठोरी गापालाई वन्यजन्तु पर्यटकीय क्षेत्र घोषणा ,नदी नियन्त्रण ,ठोरी छोटी भन्सारको स्तरोन्नति तथा संचालन ,अधुरो हुलाकी सडक निर्माण तथा सम्पन्न ,गणेशमान पार्कको सौन्दर्यकरण,भिखना ठोरीमा रेल पुनः संचालन ,ठोरी १ र २ लाई जोड्ने ढेढुखोलामा पुल निर्माण लगायतका माग समेटिएको मागपत्र बुझाएका थिए। मागपत्र बुझ्दै मन्त्री रिजालले मागपत्रमा भएका सबै मागहरु सम्बन्धित निकायलाई दवाब दिंदै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।मन्त्री रिजालले आजै ठोरी गाउँपालिकामा नवनिर्मित भवनको उद्घाटन तथा ठोरी २ मा प्रजातन्त्र सेनानी परिवारबाट निर्माण भएको पन्चेस्वर मुक्तिधामको प्रवेश द्वार समेत उद्घाटन गरेका थिए भने अधुरो हुलाकी सडक अनुगमन,ठोरी छोटी भन्सारको अवलोकन गरेका थिए। ठोरी १ मा रहेको वृद्धवृद्धा तथा असहाय समाज कल्याण आश्रम पुगी मन्त्री रिजाले १० क्विन्टल चामल लगायत खाद्यान्न सामग्री हस्तान्तरण समेत गरेका थिए।

२००७ सालमा ठोरी बाटै पक्राउ परेका सिंह २००७ सालको प्रजातन्त्र प्राप्ति पछि निर्माण भएको प्रथम मन्त्री मण्डलमा उद्योग मन्त्री रहेका स्वर्गीय गणेशमान सिंहको सालिक अनावरण वर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री स्वम् ले अनावरण गर्ने सौभाग्यप्राप्ति भएकोमा ठोरीबासी गौरवान्वित भएका गणेशमान स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष प्रकाश खनालले बताए।

सालिक अनावरण कार्यक्रममा मधेस प्रदेसका सांसद तथा नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्ष्रेत्री,सांसद शकर प्रसाद चौधरी ,मधेस प्रदेशका नेपाली काँग्रेसका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ ,ठोरी गा पा अध्यक्ष लालबहादुर श्रेष्ठ ,उपाध्यक्ष गोकुली कुमारी रेग्मी,नेपाली काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ ,वडाध्याहरु,कार्यपालिका सदस्यहरु,नेपाली काँग्रेसका नेताकार्यकर्ता तथा ठोरीबासीको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० श्रावण २०,शनिबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० श्रावण २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद