Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला विपद् व्यवस्थापन समिति पर्साको बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला समन्वय समिति पर्सामा बुधवार जिल्ला विपद् व्यवस्थापन समिति पर्साको बैठक सम्पन्न भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले पर्सा जिल्लालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा पर्सा जिल्लामा खानेपानीको मुख्य स्रोतको रूपमा प्रयोग हुँदै आएका चापाकलहरू लामो समयदेखि पानी नपरेकोले सुक्न गई खानेपानीको अत्यन्तै अभाव हुन गएको र आकाशे खेतीमा आधारित पर्साको कृषि कार्य वर्षा नहुँदा तथा परम्परागत रूपमा सिँचाइको रूपमा प्रयोग हुँदै आएका नदी, कुलो, पोखरी, बोरिङलगायतका मुहानहरू समेत सुक्न गई सिँचाइ सुविधाको अभाव भएकोले सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्न सर्वसम्मत निर्णय गरेको हो ।

पर्सा जिल्लामा खानेपानीको अभाव भएको र लामो समयदेखि पर्याप्त मात्रमा वर्षा नहुँदा हालसम्म अधिकांश क्षेत्रमा रोपाई समेत नभएको र कतिपय स्थानमा रोपाई भएका खेतहरूसमेत सुक्न गई उत्पादन नहुने अवस्था सृजना भएकोले जिल्लाका स्थानीय विपद् व्यवस्थापन समितिहरू र जिल्ला समन्वय समिति, पर्सामा भएको सर्वपक्षीय बैठकको सिफारिसको आधारमा पर्सा जिल्लालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद सोनारले बताए ।

साथै पानीको वर्तमान समस्यालाई तत्काल र दीर्घकालीन रूपमा समाधान गर्न सङ्घ, प्रदेश सरकार र विकास निकायहरूलाई राहत तथा सहयोगको लागि अनुरोध गर्ने बैठकले सर्वसम्मतबाट निर्णय गरियो उनका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए ।

बैठकका प्रतिनिधिसभा सदस्य अजय कुमार चौरसिया, प्रदेशसभा सदस्य श्याम पटेल, प्रमोद जयसवाल, विना कुमारी शर्मा, जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन प्रसाद कुर्मी, पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहान, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, कालिकामाई गाउँपालिकाका अध्यक्ष वसिष्ठ कुमार गुप्ता, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० श्रावण १८,बिहीबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० श्रावण १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद