Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज महानगरको आयोजनामा सबै स्थानीय तहका प्रमुखबीच छलफल, प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न आह्वान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ९,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको वडा नम्वर २४ र २८ मा रहेको प्राविधिक विद्यालयमा विद्यार्थी अभाव हुँदा संचालनमा कठीनाई आएको भन्दै विद्यार्थी पठाएर सहयोग गर्न महानगरले जिल्लाका सबै पालिका प्रमुखसँग आग्रह गरेको छ ।

महानगरपालिकाले मंगलबार पर्साका सबै पालिकाका प्रमुखसँग अन्तरकृया गर्दै प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने पालिकाका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा आउने वातावरण बनाइदिन आह्वान गरेको हो ।

महानगरका मेयर राजेशमान सिंहले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले सबै पालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गर्नु पर्नेमा जोड दिनुभयो ।

वीरगञ्जको वडा नम्वर २४ रामगढवामा रहेको सारदा प्राविधिक मा.वि.मा कृषि र पशु विज्ञानको अध्ययन हुने गरेको छ भने वडा नम्वर २८ सोलकपुरमा पशु विज्ञानको अध्यापन हुने गरेको छ ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, तीन वर्षे आइएससी (एजी) र भेटेनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा पठनपाठन हुँदै आएको छ ।

विद्यालयमा उक्त विषयको पठन पाठन निशुल्क हुने भए पनि पर्सा जिल्लाका विद्यार्थीको उपस्थिति ज्यादै न्यून रहेको सारदा मा.वि.का प्रधानाध्यापक विनोद मेहताले बताउनुभयो । भएका विद्यार्थी पनि अन्य जिल्लाका रहेको उहाँले बताउनुभयो ।

सबै विषय अध्ययनका लागि सिटिइभिटीले ४०÷४० जनाको सिट संख्या तोकेको छ । तर तोकिएको सिट संख्या बमोजिम अहिले विद्यालयले विद्यार्थी पाउन सकेको छैन ।

ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले ठोरीमा पशु शिक्षाको अध्ययन भइरहेको भन्दै कृषि शिक्षा अध्ययनका लागि आफ्नो ठाउँबाट विद्यार्थी पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले देश कृषि प्रधान भनिएता पनि कृषिलाई पेशा र व्यवसाय बनाउन नसकिएको भन्दै अब स्थानीय सरकारले नीतिगत रुपमा नै लगानी गरेर कृषि क्षेत्र सुधार गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कृषि उत्पादन बृद्धिका लागि कृषि प्राविधिक जनशक्तिको खाँचो रहेको भन्दै उहाँले वीरगञ्ज महानगरपालिकाको विद्यालयमा अध्यापन हुँदै आएको कृषि विज्ञान र पशु विज्ञान अध्ययनका लागि आफूहरुले विद्यार्थी उपलब्ध गराउने बताउनुभयो ।

बैठकमा पोखरीया नगरपालिकाका मेयर प्रधुम्न प्रसाद चौहान, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह, कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार, धोविनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, पकाहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद