Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साबाट एक महिनामा २५८१ जना जन्मसिद्धका सन्तानले पाए वंशज नागरिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ९,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा हालसम्म २ हजार ५ सय ८१ जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाएका छन् ।

नेपाल नागरिकता ऐन (पहिलो संशोधन) ऐन लागू भएसँगै एक महिनाकै अवधिमा पर्सा जिल्लामा ६ सय १४ जना महिलासहित कूल २ हजार ५ सय ८१ जना जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाएका हुन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार नयाँ नागरिक ऐन लागू भएको एक महिनाको अवधिमा कूल ७ हजार ७ सय ८२ जनाले आवेदन दिएकोमा २ हजार ५ सय ८१ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले दैनिक १ सय जनाको दरले नागरिकता वितरण गर्दै आएको छ ।

नागरिकता वितरणलाई सहज बनाउन अनलाइन टोकन प्रणाली पनि लागू गरिएको सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, ‘सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गरी नयाँ नागरिकता ऐन लागू भएदेखि नै अनलाइन टोकन प्रणाली लागू गरेर नागरिकता वितरण गर्दै आएका छौँ । सेवाग्राहीहरूलाई कार्यालयमै आएर लाइन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् भन्नका लागि अनलाइन टोकन प्रणालीबाट सेवा दिइरहेका छौँ ।’ अनलाइन प्रणालीबाट टोकन लिएपछि त्यहाँ निर्धारित मितिमा जिल्ला प्रशासन कार्यालयमा गएर सम्पर्क गर्नुपर्ने हुन्छ ।

नागरिकता वितरण फाँटका अधिकृत विनय श्रीवास्तवका अनुसार जिल्लामा २०६३ सालमा खटेको नागरिकता टोलीबाट जन्मका आधारमा करिब १५ हजार ३०० सयभन्दा बढीले नागरिकता लिएका थिए । अहिले उनीहरूको १७ देखि १८ हजार सन्तानले नागरिकता लिने उनको अनुमान छ ।

श्रीवास्तवले यस अवधिमा फर्जी विवरण पेस गरेर नागरिकता दिलाउन खोज्ने दुई जना पक्राउ पनि परेको जानकारी दिए । २०६३ सालमा फर्जी कागजात पेस गरेर जन्मको आधारमा नेपाली नागरिकता लिएर छोरा समेतको वंशज नागरिकता बनाउन खोजेका वीरगञ्ज – १३ मा बस्दै आएका दिनेश पटवा र उनकी श्रीमती रितादेवी पटवालाई गत असार २४ गते नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

अनागरिकहरूको लामो समयको सङ्घर्ष र पैरवीका कारण राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट पास भएको नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका थिए । ऐन राजपत्रमा प्रकाशित भए पनि गत जेठ १६ गते त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट परे पछि सर्वोच्चले जारी गरेको अन्तरिम आदेशका लागि नागरिकता वितरण सुरु नहुँदै रोकिएको थियो । यद्यपि असार ७ गते भएको सुनुवाइमा अदालतले अन्तरिम आदेश खारेज गर्दै नागरिकता वितरण गर्ने बाटो खुल्ला गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद