Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

करिब २ करोड मूल्य बराबरको सामग्रीसहित ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ९,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरीले करिब २ करोड मूल्य बराबरको भन्सार छलीका सामग्रीसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल पर्साको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट शंकास्पद बिलविजक देखिएपछि चार वटा ट्रक नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामजंग पाण्डेले जानकारी दिए ।

डिएसपी पाण्डेकाअनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख ८०३९ र ना ३ ख १००९ नम्बरका चार वटा मालवाहक ट्रक नियन्त्रणमा लिइएको हो ।

वीरगञ्जबाट बाराको पथलैयातर्फ जाँदै गरेको अवस्थामा सोमवार बिहान १ बजेर ५० मिनेटको समयमा नियन्त्रणमा लिइएका ट्रकहरुमा क्रमशः ९५ लाख २ हजार ५ सय ५१, ५७ लाख ५६ हजार ६ सय ९२, ८४ लाख ९ हजार ३ सय ३८ र २४ लाख ६६ हजार ८ सय ७७ रुपैयाँ बराबरको सामग्री बरामद भएको डिएसपी पाण्डेले बताए ।

चारवटै ट्रकबाट करसहित १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामग्री बरामद गरिएको छ । बिलबिजकभन्दा बढी र फरक सामन भएको आशंकामा नियन्त्रीत चार वटै ट्रकलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धन कार्यालय पथलैया बारामा पठाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद