वीरगञ्ज । पर्सामा लागू औषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिकामाई गाउँपालिका – १ मूडली निवासी ४४ वर्षीय प्रेम पासवान रहेका छन् ।
प्रहरीले उनको साथबाट ५ किलो ४ सय ग्राम चरेस बरामद भएको जनाएको छ ।
ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पासवानलाई पकाहाँमैनपुर गाउँपालिका – ५ सबैठमा रोकेर चेकजाँच गर्दा उनको साथबाट उक्त परिणाममा चरेस भेटिएको हो ।
पासवानले आफ्नो शरीरको विभिन्न भागमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनलाई बरामद चरेस तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस