Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आदर्शनगर चोकमा नि:शुल्क खानेपानी मेसिन जडान, मेयर सिंहले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ८,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज – १० स्थित आदर्शनगर चोकमा जडान गरेको नि:शुल्क खानेपानी मेसिनको आज उद्घाटन गरिएको छ ।

रूङ्गटा वेलफेयर सोसाइटीको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत केन्द्रको सहजीकरणमा आदर्शनगर चोकमा जडित नि:शुल्क चिसो खानेपानी मेसिन, पानी ट्याङ्की, मिटर र मोटरको वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

सोमबार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथिसमेत रहेका मेयर सिंहले रिबन काटेर खानेपानी मेसिनको उद्घाटन गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगञ्जमा हाल जारी पानी सम्बन्धी समस्याबाट जडित मेसिनले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । ‘प्रतिकूल मौसम र भू-जल साबिकको सतहभन्दा तल झर्दा वीरगञ्जसहित तराई-मधेसका अधिकांश स्थानमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न हामी लागेका छौँ,’ उनले भने, ‘आज यहाँ जडान गरिएको नि:शुल्क खानेपानी मेसिनबाट थोरै भए पनि स्थानीयहरूलाई राहत मिल्ने मेरो विश्वास छ ।’ आगामी दिनहरूमा वीरगञ्जका अन्य स्थानमा पनि यस्तै नि:शुल्क खानेपानी मेसिन जडान गरिने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

मेयर सिंहले खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि वीरगञ्ज महानगरले ट्याङ्करबाट खानेपानी वितरणको गर्दै आएको बताउँदै भने, ‘हिजोदेखि वीरगञ्ज महानगरपालिकाले अत्यावश्यक स्थानहरूमा ट्याङ्की र धारा जडान गर्ने कार्यलाई तीव्रता दिएका छौँ । खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्बर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा ट्याङ्कीमार्फत अस्थायी रूपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको हो ।’

महानगरले आइतबार वडा नम्बर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको ट्याङ्की राखेर पिउने पानीको प्रबन्ध मिलाएको उनले बताए । यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरूमा जडान गर्ने कार्य पनि आजदेखि सुरु भएको उनले जानकारी दिए ।

उनले भने, ‘खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने ट्याङ्की नै राख्ने प्रबन्ध मिलाइएको छ ।’ उनले केही दिनभित्रै ३२ वटै वडामा आफूहरूले धारा जडान गर्नुका साथै ट्याङ्की राखिसक्ने गरी काम गरिरहेको बताए ।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा वडा प्रहरी बिर्ताका प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटी, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा,  वीरगञ्ज महानगरपालिका अन्तर्गतको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँ, ग्रिन सिटी सामुदायिक केन्द्रका मुरली जलान, राकेश अग्रवाल, सुशील काद्म्बीय, कैलाश बजाजलगायातको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० श्रावण ८,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० श्रावण ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद