Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्नेलाई वीरगञ्ज महानगरले गर्याे ५ हजार जरिवाना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्ने एक जना घरधनीलाई कारबाही गरेकाे छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका जयलाल साहले आफ्नो घरमा अनाधिकृत रुपमा डिप बाेरिङ जडान गरेकाले उनलाई महानगरपालिकाले ५ हजार रुपैयाँ आर्थिक जरिबाना गरि कारबाही गरेकाे हाे ।

वीरगञ्ज महानगर क्षेत्रमा भुजलकाे सतह तल गएर चापाकलहरु सुकेपछि महानगरपालिकाले शुक्रबार एक सुचना नै जारी गरेर महानगरका विभिन्न वडाहरुमा भइरहेकाे अनधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको थियाे। पछिल्लो समय वर्षा नहुँदा चापाकलहरु सुकेर बढ्दै गएको खानेपानीको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले अनाधिकृत रुपमा बाेरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको हो ।महानगरपालिकाले आवश्यक परेकाे खण्डमा महानगरपालिकासँग स्वीकृत लिएर मात्रै डिपा बोरिङ गर्न उक्त सूचना मार्फत आग्रह पनि गरेकाे थियाे ।

तर नगवामा साहले महानगरकाे उक्त सुचना र निर्देशनलाई अटेरी गरेर इजाजत विना चार इन्च पानी आउने डिप बाेरिङ जडान गरिरहेको शनिबार भेटिएपछि महानगरपालिकाले साहलाई ५ हजार जरिवाना तिराउँदै कारबाही गरेकाे महानगरका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले बताए ।

कुनैपनि वडामा कसैलेपनि महानगरपालिकाे अनुमति बिना जथाभाबी रूपमा डिप बोरिङ जडान गर्ने कार्य गरेको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई महानगरपालिकाले कारबाही गर्ने दासले बताए ।

पछिल्लो केही समय यता वीरगन्जसहित तराईका क्षेत्रमा पानीको हाहाकार भएको छ ।यसले गर्दा कतिपयले अनधिकृत रूपमा डिप बोरिङ गरिरहेका छन् । डिप बोरिङले जमिन मुनीको पानी रित्तिने र जमिन भासिने समस्या आउन सक्ने भएकाले यस्ता गतिविधिलाई रोक्न महानगरपालिकाले अनाधिकृत डिप बाेरिङ जडान कार्यमा राेक लगाएकाे दासले बताए । सभार : मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० श्रावण ६,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० श्रावण ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद